मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसको विवाद भ्रातृ संगठनमा सर्‍यो, मञ्जु बनिन् महिला संघको महामन्त्री
  • मार्गरेखा संवाददाता

  • १० जेठ, काठमाडौं । तत्कालीन एमाले र माओवादी पार्टी एकतामा व्यस्त रहँदा प्रमुख विपक्षी कांग्रेसमा भने आन्तरिक विवाद चुलिएको छ ।

    केन्द्रबाट सुरु भएको पदाधिकारी विवाद अब नेविसंघ, महिला संघ लगायतका भ्रातृ संगठनमा सरेको छ ।

     

    नेपाल महिला संघमा पछिल्लो पटक मञ्जु खाँड महामन्त्री मनोनित भएकी छन् । उनी देउवा समूहका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडकी पत्नी हुन् ।

    यसअघि उपाध्यक्षलगायतको मनोनयनका बेलामा नै असन्तुष्ट सिटौला समूह खाँडको नियुक्तिले आक्रोशित भएको छ ।

    महामन्त्री धनकुमारी खतिवडाले  भनिन्, ‘अध्यक्षले एउटा गल्ती गर्नुभएको थियो । त्यसलाई सच्याउनुको साटो अर्को गल्ती गर्नुभएको छ । त्यसविरुद्ध हामी लड्छौं ।’

    महिला संघमा देउवा र सिटौला समूह मिलेर चुनाव लडेको थियो । अध्यक्ष उमा अधिकारी देउवा समूहका हुन् भने महामन्त्री खतिवडा सिटौला समूहकी हुन् ।

    तर, पदाधिकारी मनोनयनमा देउवा समूहले एकलौटी गरेको सिटौला समूहको गुनासो छ ।

    अर्को भ्रातृ संगठन नेवि संघमा पनि विवाद छ । त्यहाँ पनि देउवा र सिटौला समूहले मिलेर चुनाव लडेका थिए ।
    तर, अध्यक्ष नैनसिंह महरले पछिल्लो पटक आमन्त्रित सदस्य मात्र १०० भन्दा बढी मनोनित गरेका छन् । उनीहरुमा कतिपय त नाम चलेका गुण्डा नाइकेहरु समेत छन् ।

    रामचन्द्र पौडेल र सिटौला समूहका नेताहरुले यो नेविसंघलाई विवादमा ल्याउने र वर्तमान कार्यसमिति विघटन गर्ने खेल भएको भन्दै विरोध गरेका छन् ।अनलाइनखबरबाट

  • १० जेष्ठ २०७५, बिहीबार १६:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित