मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लक्ष्यअनुसार काम नर्गेर्ने निर्माण व्यवसायीहरुलाई सरकारले नछाड्ने—प्रजिअ बर्दिया
  • मार्गरेखा संवाददाता


  • बर्दिया,जेठ १५ । लक्ष्य अनुसार कामसम्पन्न नगरि ढिला सुस्तीगरि बर्दियामा विकाश निर्माणका काम गरिरहेका निर्माण कंपनीलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले झिकाएको छ । ठेक्का पट्टा लिई समयमा निर्माण सम्पन्न नगर्नै निर्माण कंपनीहरुको सम्वन्धीत आयोजना संग प्रशासनले सूची मागी जिल्ला प्रहरीकार्यालय मार्फत जिल्लामा कामगरिएका २८ वटा निर्माण कंम्पनीलाई प्रशासनले वोलाएको भएपनि आधामात्र निर्माण कंपनी प्रशासनमा उपस्थित भएका थिए। लापरवाही गरि जनताका सुविधाका लागि गरिएका बिकाश निर्माणका कामले गती नलिएपछि गृहमन्त्रालयकै निर्दैशनमा ठेकदार कंपनीहरुलाई सचेत गराउनका लागी प्रशासनमा वोलाईएको जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले वताए। काममा लापरवाही, लक्ष्य अनुसारको प्रगती नभएका र शुण्य प्रगती भएका निर्माण कंपनी संग प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले स्पष्टिकरण लिएका छन् । प्रशासनमा उपस्थित भएका निर्माण कंपनीलाई पुन प्रशासनले समयमानै कामगर्नै पतिवद्धता गराई कागज गर्नै जानकारी गराएको छ। अन्य काममा ढिलासुस्ती गर्नै निर्माण कंपनीको नाम प्रशासनलाई आयोजनाले नदिएपछि ठूला कंपनी संग आयोजनाकै मिलेमतो हुनेगरेको शंका प्रशासनले गरेको छ । यस बिषयमा आयोजनामानै गई अनुसन्धान गरिने प्रशासनले वताएको छ ।
    निर्माण व्यवसयकै लापरवाहि र ढिलासुूतीकै कारण विकाश निर्माणले गती लिन नसकेको र लक्ष्य अनुसारको प्रगती हुन नसकेको प्रमुख जिल्ला अधिकारीको दावी छ । सवै क्षेत्रमा कानून लाग्ने गरेको तर निर्माण कंपनीहरुलाई कानूननलाग्ने व्यथीतीको अन्त्य गर्नका लागी यस्तो कदम चाल्नु परेको प्रजिअको भनाई छ । उनले गुणस्तरहिन काम गर्नै र लक्ष्यअनुसार कामनगर्नै निर्माण व्यवसायीहरुलाई अव सरकारले प्रसय नदिने वताए । यस्ता निर्माण कंमपनीहरुलाई कारवाही गरिने प्रजिअ कुरुम्बाङ्गले वताएका छन् ।
    निर्माण व्यवसायीहरुले कामगर्न ढिलासुस्ती हुनुर लक्ष्य अनुसारको प्रगती गर्न नसकेका बारेका प्रमुख जिल्ला अधिकारी बिच आफ्ना समस्या हरु राखेका थिए । कति पय निर्माण कंपनीले सरकारले समयमा वजेट निकासा नगरेकै कारण पनि काममा ढिलासुस्ती हुने गरेको जानकारी गराएका छन् ।

     

  • १५ जेष्ठ २०७५, मंगलवार १०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित