मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चारजना बालकलाई भारतबाट उद्धार गरि बर्दिया ल्याईयो ।
  • मार्गरेखा संवाददाता

  • बर्दिया,जेठ,१९। भारतबाट चारजना बालकलाई उद्धार गरि नेपाल ल्याईएको छ । भारतको उत्तरप्रदेशको गोण्डा र बहराईच जिल्लाबाट उनीहरुलाई उद्धार गरेर उनीहरुलाई बर्दिया ल्याईएको हो । जिल्ला प्रशासन कार्यालय बर्दिया तथा महिला तथा वालवालिका कार्यलयको पहलमा ४ जना वालकको उद्धार गरिएको महिला तथा वालवालिका कार्यालय बर्दियाकी महिला विकास अधिकृत गिराकुमारी बस्नेतले वताएकी छन् ।
    उद्धार गरिएका बालकमध्ये नेपालगञ्ज घर भएका ४ वर्षीय दिलिप थापालाई भारतको वहराईच तथा सिमलघारी बाँकेका १२ वर्षीय अरुण विक, गुलरिया नगरपालिका वार्ड नम्वर ९ का ११ वर्षीय अजय विक र रुकुम घर भएका १२ वर्षीय रविन परियारलाई गोण्डा सेवाकेन्द्रबाट उद्धार गरेका वस्नेतले जानकारी दिएकी छन् । उद्धार गरिएका बालकहरुलाई बर्दियाको गुलरियामारहेको सेवा केन्द्रमा राखिएको छ । बालकहरुको अभिभावक संग सम्पर्क गरि जिम्मा लगाउनको लागि पहल भईरहेको सेवा केन्द्रले जनाएको छ । आफ्ना अभिभावक संग भारत गएका अवस्थामा वालवालिका हरु वावु आमा संग छुटेर हराउने गरेको महिला बिकाश अधृकृत वस्नेतको भनाई छ । भारतबाट बालकहरुका बारेमा जानकारी आएपछि नेपालका तर्फबाट उनीहरुलाई ल्याउनका लागी आवश्यक प्रकृया पुर्याई नेपाल ल्याईएको वस्नेतले जानकारी गराईन् ।

     

  • १९ जेष्ठ २०७५, शनिबार १०:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित