मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज–दिल्ली हवाई उडान आठ महिनाभित्र बुद्ध एयरले सुरु गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज—दिल्ली हवाई उडानका बिषयमा बुद्ध एयरले नेपालगन्जमा बृहद छलफल गरेको छ । सो छलफलमा सबै प्रक्रिया पुरा भए केही महिनाभित्रै नेपालगन्जदेखि दिल्लीसम्म हवाई यात्रा तय गर्ने निर्णय गरेको छ ।
    बा“केमा रहेको राँझा बिमानस्थलको पूर्वाधार तयार भए र दिल्लीसंगको हवाई रुटको व्यवस्थापन गरे अबको कम्तिमा आठ महिनाभित्र उडान गर्न सकिने बुद्ध एयर प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
    ‘नेपालगन्जदेखि दिल्ली हवाई उडाउने गर्ने निर्णयमा पुगेका छौं । हाम्रो तर्फबाट हुनपर्ने तयारी भइसकेको छ । अब सरकारका तर्फबाट बिमानस्थल र हवाई रुटको व्यवस्थापनको काम गर्न बा“की छ’–सोमबार नेपालगन्जमा सञ्चारकर्मीसंग बस्नेतले भने,–‘ती काम आजकै मितिबाट सुरु भएमा आउदो आठ महिनाभित्र सकिन्छ भने हामी तत्कालै उडान गर्न सक्छौ ।’

  • २१ जेष्ठ २०७५, सोमबार १९:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित