सोम गुुरुङ्ग,नेपालगन्ज २४ बाँके ÷समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युुवा मुल नाराका साथ लागुु पदार्थ दुरब्र्यसन र यसका असर तथा परिणाम र सर्तकता बारे यूवा परामर्श तथा अभिमुुखीकरण कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ ।
जिल्ला यूवा समितिको कार्यालयको मुख्य आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा एसओएस, नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्य संघ, सहारा हाउस, सामना ड्रग रिहाव सेन्टर, नवकिरण ड्रग रिहाव सेन्टर र प्रेरणा ड्रग रिहाव सेन्टरको सहकार्यमा यूवा परामर्श कार्यक्रम तथ अभिमुुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।
सो यूवा परामर्श तथा अभिमुुखीकरण कार्यक्रमको सहजीकरण सहारा हाउसका प्रमुुख अभिराज क्षेत्रीले गर्नुु भएको थियो । उहाँले लागुु पदार्थ दुरब्यसन र यसका असर तथा परिणाम र लागुु पदार्थबाट कसरी बच्न सकिन्छ भन्ने बारे यूवाहरुलाई जानकारी गराउनुुभएको थियो । सो कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले अभिभावकहरुलाई सचेतना जगाउनुु पर्नेमा जोड दिए । लागुु पदार्थ दुरब्यसन रोक्नको लागि स्थानीय नागरिकले सहयोग गर्नुु पर्ने महिला तथा बालबालिका सेवा केन्द्रका श्याम कुमारी मगरले बताउनुुभयो । यस अभिमुखीकरण कार्यक्रमबाट लागुुऔषधको असर लागूऔषध दुुरुपयोग उपचारका बारेमा जानकारी पाई लागूऔषध दुुरुपयोगका घटना रोकथाम तथा न्यूनीकरणमा टेवा पुुग्ने विश्वास लिइएको बताइएको छ । कार्यक्रममा सामाजिक विकास मन्चका भुुपाल बोहरा, राईजिगं आईडल्सका राजन बर्मा,सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका सोम गुुरुङ्ग, लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा युुवाहरु साहिल अन्सारी, ज्ञान ज्योति बाल क्लबका अध्यक्ष दिपा वली, रितिक शाही, साहुुबुद्धिन हलवाई, मेघ बहादुर खत्री, आरटिआई अभियान्ता शैलेन्द्र कुमार वैश्य लगायतले आ–आफना विचार राखेका थिए । सो कार्यक्रममा ६० युुवा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला यूवा समितिका प्रमुुुख रामसुुरेश यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।