दुर्गा आचार्य
बर्दिया,जेठ,२४। बर्दियाका पत्रकारहरुका लागि तीनदिने आधारभुत पत्रकारिता तालिम बिहीवारबाट शुरु भएको छ । पछिल्लो समय फोटो पत्रकारीतामा पत्रकारहरुको चाँसो वढे संगै बर्दियाको गुलरिया नगरपालिकामा तालिम संचालन गरिएको आयोजकले वताएको छ । नेपाल फोटो पत्रकार महाँसंघ जिल्ला शाखा बर्दियाको आयोजना तथा गुलरिया नगरपालिका ६ नम्वर वडा कार्यालयको आर्थिक सहयोग तथा नेपाल पत्रकार महाँसंघ बर्दिया शाखाको समन्वयमा तालिम संचालन भएको हो । उक्त तालिममा बर्दिया जिल्लाका २५ जना सक्रिय पत्रकारहरुको सहभागी रहेको आयोजकको भनाई छ । आफ्नो ज्यानलाईनै जोखिममा राखेर पत्रकारहरुले जनताका लागि कामगरिरहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले तालिम उद्धघाटन गर्नै क्रममा वताएका छन् । गुलरिया नगरपालिकाको बिकाशका लागि जिल्लाका पत्रकारहरुले सुझाव सल्लाह दिई नगरपनलिका लाई सहयोग गर्न समेत नगरप्रमुख यादवले वताए । आँउदो नगर परिषदमा जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि गुलरिया नगरपालिका तयार रहेको समेत यादवले वताएका छन् । बर्दिया जिल्ला कृषि तथा पर्यटनका लागि अत्यन्त सम्भावित जिल्ला भएको हुदा यस फोटो पत्रकरिता तालिमबाट फोटो खिच्ने शिपमा दक्षता हासिल गरि आफुले खिचेका फोटोहरु बिदेशमा डलरको भाउमा वेच्ने गरि काम गर्न फोटो पत्रकार महाँसंघ बर्दियाका शाखाका अध्यक्ष यादव आचार्यले वताए । काठमाण्डौबाट आउनुभएका प्रोफेसर मधुसुदन थापाले तालिम दिनु भएको छ । तेश्रो दिन अभ्यासका लागी बर्दिया राष्ट्रिय निकुञ्जमा गई कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ ।