जेष्ठ २५ गते गोरखा युनाइटेड पब्लिक स्कुले आफ्नो १८ औं वार्षिकउत्सव कोहलपुरमा शुक्रबार एक कार्यक्रम गरि मनाएको छ । विद्यालयका संञ्चालक अध्यक्ष श्री केशर बहादुर आलेको अध्यक्षतामा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको प्रमुख अतिथीमा कार्यक्रमक सम्पन्न भयो । उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाका उप प्रमुख श्री सन्जु चौधरी, कोहलपुर नगरपालिकाका सामाजिक समन्वय समितिका संयोजक निरज चलाउने, इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, राष्टिय परीक्षा वोर्डका प्रमुख गिरमान थापा, मध्यपश्चिम पृतना तालिम केन्द्र कौशिलानगरका प्रमुख बिनोद चन्द, कोहलपुर रेडक्रस सोसाइटीका सभापति नारायण गौडेल लगायत यस कोहलपुर क्षेत्रका सरकारी, गैर सरकारी, संघ संस्थाका प्रतिनिधि, शिक्षा प्रेमी, अभिभावक, पत्रकार, बुद्धिजीवी, शिक्षक, कर्मचारी एंव अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विद्यार्थीद्धारा आफ्नो प्रतिभा देखाउनुका साथै, २०७४ मा उत्कृष्ट विद्यार्थीहरुलाई तहगत रुपमा पुरस्कृत र २०७५ सालको छात्रवृत्तिको घोषणा पनि गरियो त्यसैगरी तहगत रुपमा कक्षा नर्सरी देखि २ सम्मका (तह १), कक्षा ३ देखि ७ सम्मका (तह २) र कक्षा ८ देखि १० सम्मका (तह ३) गरी उत्कृष्ट कक्षागत प्रथम, द्धितिय र तितीय विद्याथीहरुलाई पुरुस्कार र प्रमाण पत्र सहित सम्मान गरियो र तहगत सर्वोउत्कृष्ट वर्ष विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७५ का लागि छात्रवृति घोषणा गरी सम्मान समेत गरियो । विद्यालयले प्रत्येक वर्ष झै शैक्षिक सत्र २०७५ का लागि विभिन्न विधाहरुमा मासिक दुई लाख १३ हजार तीन सय पन्त्र रुपैयाको छात्रवृति विद्यार्थीहरुलाई प्रदान गरेको थियो । साथै वर्षको उत्कृष्ट शिक्षकमा सिमा गुरुङ् र उत्कृष्ट कर्मचारी सविता चौधरी घोषित भई सम्मानित हुनु भयो