नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बर्तमान सरकार एक दलिय सर्बसत्ताबादी शैलीबाट अघि बढेको बताउनु भएको छ ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसका सभापति एवं संसदिय दलका नेता देउवाले बाम गठबन्धन र पार्टी एकताका नाममा सत्तासिन पार्टीको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको बताउनु भएको हो ।
मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पछि पहिलो पटक गृह जिल्ला आईपुगेका सभापति देउवाले नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलनको उद्घाटनको क्रममा उक्त कुरा भन्नु भएको हो ।
कार्यक्रममा केन्द्रिय सदश्य एवं पूर्व मन्त्री रमेश लेखकले पनि निर्वाचनमा प्राबिधिक रुपमा हार व्यहोर्नु परे पनि जनताबाट संघिय गणतान्त्रिक संबिधान जारी तथा संबिधानको सफल कार्यान्वयन गरेको पार्टीलाई लोकप्रिय मत दिएको जिकिर गर्नु भएको थियो ।
अघिल्लो सरकारले गरेको जनहितकारी निर्णय कार्यान्वयन गर्नुको साटो खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै नेता कार्यकर्ताले पार्टीलाई बलियो बनाउन सबै एक हुनु पर्ने र सबै तहमा सकारात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन पनि दिनुभएको छ ।