मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा संकटा क्लव, काठमाडौंलाई १–० गोलले पाखा लगाउदै लाली रुपन्देही–११ बिजय
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – गतवर्षकै फाइनलिष्ट संकटा क्लव, काठमाडौंलाई १–० गोलले पाखा लगाउदै रुपन्देहीले लगातार दोस्रो पटक नेपालगञ्ज गोल्डकप जितेको हो ।
    प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीका जोन ग्लोरीले ५३ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । दुवैतिरबाट आक्रमक प्रयास भने भएका थिए । गोल गर्ने अवसर तुलनात्मक रुपमा संकटाले बढी पाएको थियो ।
    गोल्डकप जितेसँगै रुपन्देहीले पाँच लाख रुपैया पुरस्कार पाएको छ । दोस्रो भएको संकटाले दुई लाख पचास हजार पाएको छ ।
    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रुपन्देहीका कप्तान दीपक गुरुङ भएका छन् । उनले सुजुकी मोटरसाइकल प्राप्त गरे ।
    त्यस्तै, उत्कृष्ट गोलकिपर रुपन्देहीका राजुबाबु मगर, रक्षकमा रुपन्देहीकै युधा शाही, मिडफिल्डरमा संकटाका सौजन राई र उत्कृष्ट फरवार्ड संकटाकै शान्त गुरुङ भएका छन् । उनीहरुले सबैले दश÷दश हजार रुपैया पाए ।
    विजेता र उपविजेता टीम, उत्कृष्ट खेलाडीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पुरस्कार वितरण गरे । विधागत उत्कृष्ट खेलाडीहरुलाई खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, नेपालगञ्जकी उपमेयर उमा थापा, कोहलपुरकी उपमेयर सन्जुकमारी चौधरी, खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकलगायतले पुरस्कार वितरण गरे ।
    सो अवसरमा मेयर डा. राणा, बाँके फुटबल संघका अध्यक्ष भोजराज शाही, खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले विजयी टीमलाई बधाई दिदै खजुराका जनताले देखाएको अनुशासनको प्रसंगा गरे ।
    नेपालगञ्ज रंगशाला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मर्मत भइरहेपछि गोल्डकप खजुराको डीगाउँमा गरिएको थियो । संघका अध्यक्ष शाहीले नेपालगञ्ज रंगशालाको विकल्प खजुराको मैदान हुन सक्ने बताए । खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले खजुरामा रंगशाला बनाउन सक्दो गर्ने प्रतिबद्धता गरे ।

     

  • २६ जेष्ठ २०७५, शनिबार २०:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित