दुर्गा आचार्य
बर्दिया,जेठ,३० । बर्दियामा पशुको मुल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्थासवलीकरण परियोजना शुरु हुनेभएको छ । हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्र गुलरियाले उक्त परियोजना संचालन गर्नै परियोजना अनुगमन समन्वय समिती गठन तथा प्रारम्भिक वैठकमा जानकारी गरईएको हो । यस परियोजनाको मुख्य उद्धेश्य भारतबाट नेपाल आउने खशीबोकालाई कमी गर्दै ३० प्रतिशतले उत्पादन बढाउने रहेको आयोजकले वताएको छ । गुलरिया नगरपालीकामा संचालीत हुने यस परियोजनामा यसैनगरपालिकाकास्थानीय हरुलाई रोजगारि दिन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले संस्थालाई अनुरोध गरेका छन् । यस्ले गर्दा यहीका स्थानीयले रोजगारी पाउने र यस्का कारण नगरपालिकालाई समेत सहयोग पुग्ने धारणा प्रमुख यादवले राखेका छन् । नेपालमा बार्षिक ६ लाख खशीबोका भारतबाट आउने गरेको हेफर ईन्टरनेशनलका कार्यक्रम निदैशक दुर्गा केसीले कार्यक्रममा जानकारी गराएका छन् । जस्का कारण नेपालबाट १० करोड रुपैया भारत जानेगरेको केसीले वताएका छन्। यस परियोजनाले नेपालका ३० प्रतिशत खशीबोकाको उत्पादन बढाई भारतबाट नेपाल आउने खशीबोकामा ३० प्रतीशतमा कमी आउने समेत निर्दैशक केसीको भनाई छ । हाललाई यस परियोजना अन्र्तगत गुलरिया नगरपालिका,बाँसगढी नगरपालिका,बढैयाताल गाँउपालिका र गेरुवा गाँउपालिकामा कार्यक्रम संचालन गरिने एस.एल.भीसी. परियोजना बर्दियाका कार्यक्रम संयोजक शोभाकान्त पौडेलले वताए । यस परियोजनाको कुल रकम २ करोड ३८ लाख रहेको पौडेलले जानकारी गराएका छन् ।