मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विश्व रक्तदाता दिवस, डुडुवा ६० जनाले रक्तदान
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज ३१ जेठ । आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरि बाँकेमा पनि मनाइएको छ । बाँकेको डुडुवा गाउँपालिकाले आज विशेष कार्यक्रम गरि दिवस मनाएको छ ।
    गाउँपालिकाको वडा नं. २ को कार्यालय बेतहानीमा गरिएको बृहत रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन । वडाध्यक्षद्धय गजेन्द्र कैराँती र मोहनराम मिश्र, गोपीनाथ बैश्य, शसस्त्र प्रहरीका इन्सपेक्टर गंगाराम भट्ट, गाउँपालिकाका कर्मचारी काश्ेलकुमार कैराँती, इन्जिनियर तेजराज खडका, पत्रकार पवन जायसवाल लगायत जनप्रतिनिधी, कर्मचारी, प्रहरी, युवा लगायतले रक्तदान गरेका थिए ।
    रक्तदान कार्यक्रम अघि आयोजित विशेष कार्यक्रममा बाँके जिल्ला सम्न्वय समितिका उपसंयोजक ज्ञानेन्द्रकुमार चौधरीले ग्रामिण क्षेत्रमा यस्तो मानविय सेवाको कार्यले नागरिकमा सचेतना फैलिएको भन्दै रत्तदान भनेको अरुको जिवनदान गर्नु हो यस्तो कार्यमा सबैको सहयोगको आवश्यकता रहेको औल्याउनुभयो ।
    गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भन्नुभयो—“सबैभन्दा ठुलो दान रक्तदान हो, यो दान निरन्तर गर्ने दान हो यसले अरुको ज्यान बचाएर ठुलो पुण्य कमाउने कार्य गर्दछ, ।”
    उहाँले ग्रामिण क्षेत्रका नागरिकमा रक्तदान गर्नुपर्ने सचेतना नभएर त्यसको उत्प्रेरणा जगाउन यस्तो कार्यक्रमा गरिएको बताउनुभयो ।
    प्रमुख चौधरीले पछिल्लो समय गाउँपालिकाका बारेमा सामाजिक संजालमा आएका विचारप्रति ध्यानाकर्षण गराउदै केही अफुवाहरुको पछि नपर्न सत्य तथ्य बुझन आग्रह गर्दै स्थानीय सरकार आफैमा स्वयत्त रहेकाले कानून, निति नियम र प्रक्रिया अनुसार नै अघि बढिरहेको स्पष्ट पार्नुभयो ।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपसभापति अजितकुमार शर्मा, बाँके शाखा सभापति गोर्बद्धनसिंह सम्झना, ६ नं. वडाध्यक्ष मोहनराम मिश्र, गाउँकार्यपालिका सदस्य लिलावती यादव, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार पौडेल लगायतले बोल्नुभएको थियो ।
    त्यस अवसरमा यस क्षेत्रमै पुरुषहरुका तर्फबाट सबैभन्दा बढी रक्तदान गर्ने गोपीनाथ बैश्य र महिलाहरुका तर्फबाट सरिता ज्ञवालीलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो । बैश्यले आजसम्म १५५ पटक रक्तदान गरि सक्नुभएको छ ।
    रक्तदान कार्यक्रममा क्षेत्रीय रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी नेतृत्व ६ जनाको टोलीले प्राविधिक सहयोग गरेको कार्यक्रम संयोजक कौशलकुमार कैराँतीले बताउनुभयो ।
    कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

     

  • ३१ जेष्ठ २०७५, बिहीबार १७:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित