मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन जरुरी ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य आई पि खरेल
  • मार्गरेखा संवाददाता

  • राष्ट्रिय सहकारी विकास बैंक कोहलपुर शाखाको आयोजनामा सहकारी बैंक र त्यस मातहतका सहकारी संघसंस्थाहरुबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    बिहिबार नेपालगन्जमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य आई पि खरेलले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै साँसद खरेलले राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन जरुरी रहेको बताए । उनले नेपालमा ठुला राजनितिक परिवर्तनहरु भईसकेको बताउँदै सहकारी मार्फत आर्थिक परीवर्तनतर्फ लाग्न सबैलाई आग्रह गरे । उत्पादनमुलक रोजगारीमुलक कार्यक्रम मार्फत सहकारीको अवधारणलाई बृहत् रुपमा बिकास गर्दै लानुपर्नेमा खरेलले जोड दिए ।

    कार्यक्रममा ५ नम्बर प्रदेश सभाका सभासद कृष्णा के.सी. (नमुना), बिजय कुमार यादव, राष्ट्रिय सहकारी बिकास बोर्डका संचालक सदस्य देव बहादुर केसी, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक केबी बुढा लगाएतले सम्बोधन गरेका थिए ।

     

    कार्यक्रममा राष्ट्रिय सहकारी बैंक कोहलपुर शाखाका प्रमुख प्रेम के.सी. ले बैंक ब्यबसायलाई व्यापक गराउनका लागि सरोकार वालाहरुलाई सेवा सुविधाका बारेमा जानकारी दिने उद्धेश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरिएको बताए । बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुबेदीले बाँकेमा ४ सय ९ सहकारी संघसंस्थाबाट जनतालाई सेवा सुबिधा दिईरहेको बताउँदै ४ अरब भन्दा माथिको बित्तीय कारोबार गरेको बताए ।

    बाँके जिल्ला अन्तर्गतका १ सय ५० सहकारी संस्थाका २ सय बढी सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक संचालक सदस्य ज्ञान बहादुर तामाङले सहजीकरण गरेका थिए ।

  • १४ असार २०७५, बिहीबार १७:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित