बाँकेको राप्तिसोनारी गाँउपालिका-६ लक्ष्मीराजपुर गाँउमा ट्रान्सर्फमर पड्कदा दुई जनाको ज्यान गएको छ । शनिबार बिहान ३ बजे हाई भोल्टेजका कारण ट्रान्सर्फमर पड्कीएको थियो । ट्रान्सर्फमर पड्कीएपछि नजिकका घरहरुमा बढि करेन्ट प्रवाह भएको र त्यसबाट स्थानिय सुरेश चौधरी र टिकाराम चौधरीको घटनास्थलमै ज्यान गएको हो ।
घटनामा स्थानिय तिला शाही गम्भीर घाईते भएको र उनको हाल भेरी अस्पताल नेपालगन्जमा उपचार भईरहेको बाँके प्रहरी प्रमुख टेकप्रसाद तामाङले जानकारी दिए । घटनाका सामान्य घाईतेद्धय कमला बुढाथोकी र दिनेश बुढाथोकी स्थानिय मेडिकलमा उपचार पछि घर फर्किएका छन । मृतकको शव भेरी अन्चल अस्पतालमा राखिएको छ ।
तामाङका अनुसार हाई भोल्टेजका कारण ट्रान्सर्फमर पड्कीएको र तयसबाट अनियन्त्रीत करेन्ट प्रवाह भएपछि नजिकै रहेका स्थानियका साथै पशुचौपायालाई समेत क्षती पुगेको छ । एउटा राँगा, ४ वटा सुँगुर र ३ वटा गाई समेत मरेका छन ।