नेपालगञ्ज १७ असार । बाँके जिल्लामा आगलागी जस्ता विपत व्यवस्थापनका बारेमा सचेतनामुलक अभियान संचालन गरिएको छ । नेपालको शिक्षा क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढिकरण परियोजना अन्र्तगत बाँकेका विभिन्न विद्यालयमा कृतिम घटनाको अभ्यास गरि स्थानीयलाई सचेत बनाउन थालिएको हो ।
यसैक्रममा बाँके राप्तीसोनारी–२, कचनापुरस्थित नेपाल राष्टिय आधारभुत विद्यालयमा आगलागी बारेमा कृतिम घटनाको अभ्यास गरिएको छ । आगलागी मान्छेकै कमजोरीले लाग्ने, त्यसलाई रोक्न तथा भविब्यमा आगो लागि हाले बारे बच्ने उपायका बारेमा हालै नाटक देखाइएको छ ।
विद्यालयमा आगलागी भयो भने कसरी बाँच्ने, आगो लाग्न नदिन के–के गर्ने, आगलागी हुँदा हुने नोक्सान बारेमा विद्यार्थी र स्थानीयवासीलाई राखेर कृतिम घटना अभ्यास गरिएको हो । विद्यालयमा भएको यो कृतिम घटना अभ्यास हेरेर स्थानीय बासिन्दा सचेत भएका छन् ।
बाँकेका ३० वटा विद्यालयमा यो परियोजना सञ्चालनमा रहेको छ । सो विद्यालयहरुमा आगलागीका साथै बाढी र भूकम्प आउदा के गर्ने भन्नेबारेमा कृतिम घटना अभ्यास गरिने कार्यक्रम रहेको युनेस्को कल्बका अध्यक्ष प्रबेजअली सिद्दिकीले बताउनुभयो ।
उक्त विद्यालय जंगलको छेउमा रहेको छ । जंगलमा वर्षेनीजसो लाग्ने आगलागीले जोखिम बढाउने गर्दछ । स्कूलमा मात्रै नभएर त्यसआसमा बस्ती नै रहेकाले सबैलाई जम्मा पारेर आगलागी बारेमा कृतिम घटना अभ्यास गरिएको थियो । यस्तो अभ्यासले विद्यार्थी र अभिभावकले थाह पाएर पुर्व तयारीमा सहयोग पुग्ने राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले बताउनुभयो ।