मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश प्रहरीको भौतिक संरचनाका व्यवस्थित गराउन तुलसीपुर उपमहानगरपालिकाले सहयोग गर्ने
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    तुलसीपुर, असार १७ । प्रदेश नम्वर ५ को प्रहरी कार्यालयको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । भौतिक संरचनाको अभावमा सानो घरमा कार्यालय राखेर काम गरिरहेको प्रदेश प्रहरी कार्यालयलाई तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको गुल्ममा सारेर कार्यालय व्यवस्थापनका लागि उपमहानगरपालिकाले पहलकदमी लिने भएको हो ।
    तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुख घनश्याम पाण्डे र प्रदेश प्रहरी प्रमुख एआइजी शेरवहादुर वस्नेतका विचमा भएको छलफल पश्चात प्रदेश कार्यालय निर्माणका लागि उपमहानगरपालिकाले सघाउने भएको हो । भेटघाटका क्रममा प्रहरी प्रमुख वस्नेतले कार्यालयका लागि ठाउँ नभएको भन्दै व्यवस्थित गरिदिन उपमहानगरलाई आग्रह गरेका थिए । उनले प्रदेश कार्यालयको आफ्नै दरवन्दी नभएकाले काममा केही जटिलता भएको समेत वताएका थिए ।
    सो अवसरमा नगरप्रमुख पाण्डेले वडास्तरमा प्रहरी कार्यालय लैजानका लागि पहल गरिदिन प्रहरी प्रमुखलाई आग्रह समेत गरेका थिए । “वडास्तरमा प्रहरी कार्यालय व्यवस्थापनमा सहयोग गर्नुहोस्, संरचना निर्माणमा हामीले सहयोग गर्छाै” नगरप्रमुख पाण्डेले वताए । उनले ट्राफिक व्यवस्थापन फितलो भएको भन्दै ट्राफिकको संख्या थप्नका लागि आग्रह समेत गरेका थिए ।
    तुलसीपुर उपमहानगरपालिकालाई सुरक्षित र व्यवस्थित वनाउनका लागि उपमहानगरपालिका भित्र सिसि क्यामेरा जडानका वारेमा पनि छलफल भएको थियो । सो अवसरमा प्रदेश प्रहरी प्रमुख वस्नेतले तत्काल कामलाई अगाडि वढाउने वताएका थिए । नगर प्रमुख पाण्डेले प्रदेश प्रहरी कार्यालय रहने स्थल र भवनको अवलोकन गरेर तत्काल कामलाई अगाडि वढाउन निर्देशन समेत दिइसकेका छन् । सो अवसरमा एसएसपि दिलिप क’मार चौधरी, रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, त’लसीप’र उ.म.न.पा. का प्राविधीक टोलीलगायतको सहभागिता रहेको उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले वताएका छन् ।

  • १७ असार २०७५, आईतवार १७:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित