मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कालोबजारी गरेको आरोपमा बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ
  • मार्गरेखा संवाददाता

  • कालोबजारी गरेको आरोपमा बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनका क्रममा संकलन गरेको सुनको नमुना गुणस्तर तथा नापतौल विभागमा परिक्षण गर्दा ८ प्रतिशत अन्य धातु मिसावट भएको पाईएपछि सुन व्यवसायी पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा न्यु स्याङ्जा गण्डकी सुनचाँदी पसल गुलरियाका विजयलक्ष्मी सुनार र सन्तोषी सोनी, गण्डकी सुनचाँदी पसलका इश्वर कुमार विश्वकर्मा, राप्ती लुम्बीनी सुनचाँदी पसल गुलरियाका भिमबहादुर सेन्चुरी, दंगाली सुनचाँदी पसल राजापुरका कविराम विक, लुम्बीनी सुनचाँदी पसल राजापुरका भगवानशरण सोनी, फुलाराम ज्वैलर्स राजापुरका परशुराम सुनार र निम प्रकाश सुनार रहेका छन् ।

    त्यस्तै गण्डकी सुनचाँदी पसल बाँसगढीका यमलाल विश्वकर्मा, मोडल सुनचाँदी पसल बाँसगढीका इन्द्रमान सुनार, सिता सुनचाँदी पसल बाँसगढीका सिता सुनार, पोखरा सुनचाँदी पसल बाँसगढीका त्रिभुवन सुर्वणकार, पर्वत मनिषा सुनचाँदी पसल बाँसगढीका शिवबहादुर सुनार र स्याङ्जा सुनचाँदी पसल बाँसगढी संगिता सुनार पक्राउ परेका हुन् ।

    बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनामा मिसावट भेटिएपछि सुन व्यावसायीहरुलाई पक्राउ गरिइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङगले बताए । उनले पक्राउ परेका सुन व्यवसायीहरुलाई कालो वजार तथा केहि सार्वजनिक अपराध तथा सजाए ऐन २०३२ अन्तर्गत कारवाहिको पक्रृया अघि वढाइने बताए ।

  • १७ असार २०७५, आईतवार १७:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित