मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

५ बर्ष भित्र वडानम्बर १ लाई नेपालगञ्जको पहिलो वडा बनाउने नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्बर १ ले सार्वजनिक सुनुवाई गरेको छ । बासको सहजिकरणमा आईतबार नेपालगञ्जको धम्बोझीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
    २३ वटा वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा निर्बाचित भईसकेपछि सार्वजनिक सुनुवाई गर्ने पहिलो वडा बन्न सफल भएको छ ।
    १५० बढि स्थानीयहरुको सहभागितामा सम्पन्न सार्वजनिक सुनुवाईमा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले यस आर्थिक बर्षमा भएका गतिविधिहरुबारे जानकारी गराएका थिए । जानकारीका क्रममा रिजालले वडाको समग्र बिकासका लागि वडा कार्यालय लागि परेको बताएका थिए । वडाबासीको सहयोग भएमा ५ बर्ष भित्र वडानम्बर १ लाई नेपालगञ्जको पहिलो वडा बनाउने उद्घोष गरेका थिए ।
    बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा बास अध्यक्ष मन भण्डारीले वडा कार्यालयले दिने सेवा, सुबिधाबारे नागरिकहरुबाट लिईएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत संकलनको नतिजा प्रस्तुत गरेका थिए ।
    सुनुवाईको खुला छलफलमा सहभागिहरुले वडाध्यक्ष लगाएत पदाधिकारीहरुसँग बिभिन्न बिषयमा जिज्ञाशाहरु राख्नुका साथै सुझावहरु दिएका थिए । उनीहरुले वाटरपार्क निर्माण, सडक, नाली निर्माण, फोहर व्यवस्थापन, लक्षित बर्ग उत्थान कार्यक्रमको प्रभावकारिता लगाएतका बिषयमा प्रश्नहरु गरेका थिए । स्थानीय प्रदिप डिसी, कमला पोख्रेल, किरण आचार्य, मिना ढकाल, भोजराज शर्मा, खड्क राई, बल बहादुर थापा, बिरेन्द्र कुमार थापा, जगत कुमारी बुढा, प्रबिण कुमार शाह, अनन्त देवकोटा, देब सुनार, मोतिलाल थापा लगाएतले प्रश्न सोधेका
    थिए । प्रश्नहरुको उत्तर वडाध्यक्ष रिजाल लगाएतले दिएका थिए ।
    सार्वजनिक सुनुवाईको अन्तमा ७ बुँदे सार्वजनिक प्रतिबद्धता व्यक्त भएकोछ, व्यक्त भएका प्रतिबद्धताहरुमा ढलमा सेफ्टि ट्याँकिको फोहर फाल्न पूर्ण रुपमा निषेध गर्ने, नेपालगञ्ज वडानम्बर १ र १८ मा पर्ने वाटरपार्कलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने, वडानम्बर १ लाई हरियाली तथा उज्यालो वडा बनाउने, वडानम्वर १ को फोहर व्यवस्थापन गर्न बिशेष अभियान सञ्चालन गर्ने, नागरिकहरुको गुनासो सुनुवाई सम्बोधन गर्ने, छरिएर रहेका टोलहरुको बिकासका लागि प्राथमिकताका साथ कार्य गर्ने, वडाको योजना र लक्ष्य पूरा गर्नका लागि वडावासीहरुले सहयोग गर्ने र तत्काल बिज्ञ समूह गठन गर्ने रहेकाछन् ।
    प्रतिबद्धतामा वडाध्यक्ष रिजाल, सचिव मक्खन गिरी, वडा सदस्य डम्बर थापा, जगमोहन काँदु, राजरानी पासी, नेपाल कम्युनिष्ट पार्टीको नेता प्रमोद धिताल र नेपाली काँग्रेसकी नेता सीता काफ्लेले हस्ताक्षर गरेका छन् ।

  • १७ असार २०७५, आईतवार १८:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित