मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको बैजनाथ गाउँपालिकामा बाटो ग्राभेलका १० योजनामा एउटै उपभोक्ता समिति
  • मार्गरेखा संवाददाता

  • कानुन विपरित बैजनाथ गाउँपालिकाको वडा नं. ५ को सडक ग्राभेल गर्ने १० वटा योजनामा एउटै उपभोक्ता समितिमा रहेको छ ।
    जिल्ला समन्वय समितिले बाँकेले आइतबार अनुगमन गर्दा वडा नं. ५ को गुरुवा गाउँका बाटो ग्राबेल गर्न १३ लाख रुपैयाँ बजेट रहेका १० वटा योजनाको उपभोक्ता समितिमा मोहम्मद मातिन अध्यक्ष रहेको ९ सदस्यीय उपभोक्ता समिति रहेको छ । उपभोक्ता समितिमा दलीय भागवण्डा पनि मिलाइएको छ ।
    समितिको अध्यक्ष मातिन, उपाध्यक्ष राजितराम यादव, सचिव सुरजकुमार महावत नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन् भने कोषाध्यक्ष सरस्वती बिक कांग्रेस कार्यकर्ता हुन् । समितिका सदस्य फरिद्दिन हल्वाइ, लहानु थारु, रुपजली महावत, रामप्रसाद थारु र गलसा भण्डारीको भने पार्टी खुलेको छैन ।
    कानुन विपरित एउटै उपभोक्ता समिति बनाइएको र समितिमा दलीय भागवण्डा पनि मिलाइएकाले अनियमितताको आशंका रहेको जिसस अनुगमनका सदस्य चेतबहादुर घर्ती मगरले जानकारी दिए ।
    उनले भने, ‘एउटा उपभोक्ता समितिमा रहेको ब्यक्तिले काम सम्पन्न नगरी सक्दा अर्को उपभोक्ता समितिमा बस्नु कानुन विपरित हुन्छ । बस्ने परे पनि पहिलो काम सम्पन्न गर्नुपर्छ ।’
    उपभोक्ता समितिले सबै योजना एकै पटक सम्पन्न गरी अहिले गाउँपालिकासँग निकासा मागेको छ ।
    अनुगमनमा जिससबाट घर्तीमगरका साथै जिसस सदस्यहरु गुट्टु थारु, निलम सिंह, विमला सिंह थारु र इन्जिनियर अनुपमा श्रेष्ठ सहभागी भएका थिए । टोलीले सोही वडाको ६७२ मिटर लामो बाटोमा कमसल खालको ग्राभेल गरेको जनाएको छ । ११ लाख ७८ हजार रुपैयाँ लागतको सडकमा ठूल्ठूला ढुंगा राखेर काम कमसल रहेको इन्जिनियर श्रेष्ठले बताइन् । उनले भनिन, ‘यही वर्षामा यो बाटोमा माटो बगेर ढुंगा मात्र रहन्छ । ठूलो ढुंगा भएको ठाउँ पप्किँदा खाल्डो पर्छ ।’

     

     

  • १७ असार २०७५, आईतवार १९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित