घोराही, १८ आसर । घोराही उपमहानगरपालिका वडा नम्बर १३ देखी वडा नम्बर १९ जोड्ने सेवारखोलाको लापेमा झोलुंगे पुल निर्माण भएको छ । झण्डै २४ लाख रुपैयाँको लागतमा वडा नम्बर १३ लापे देखी वडा नम्बर १९ साधन धोक्रे जोड्ने झोलुंगे पुलको निर्माण भएको हो ।
सेवा प्रतिष्ठान तुलसीपुरले जिम्मा लिएर सेवारखोलामा बनेको उक्त पुलको सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गर्नुभएको छ ।
जिल्ला समन्वय समिति जिल्ला प्राविधिक कार्यालयको २१ लाख २ हजार ९ सय ५४ रुपैयाँ, घोराही उपमहानगरपालिकाको १ लाख ३७ हजार १ सय ४८ रुपैयाँ र उपभोक्ताहरुको ४५ हजार ७ सय १६ रुपैयाँ गरि २२ लाख ८५ हजार ८ सय १० रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।
पुल निर्माण भए पछि वडा नम्बर १३ का खानीगाउँ, कोलबन, मलार गाउँका १ सय ५० बढी घरधुरीका १ हजार ९५ जनसंख्यालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिनुभयो ।
पुल नहुदा त्यस भेगमा नागरिकहरु सडकमा पुग्नका लागि धेरै हिड्नु पर्ने र बर्षायाममा भेल आउदा खोला पारी नै बास बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । नगर प्रमुख चौधरीले पुल निर्माणपछि अब नागरिकहरुलाई आवतजावतमा सहज हुने भन्दै संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।
पुललाई सम्पत्तीकारुपमा संरक्षण गर्न आग्रह गर्दै उहाँले अब विकासलाई बस्ती सँग जोडेर अघि बढ्ने बाटोमा आफुहरु रहेको बताउनुभयो । वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीले पुल संरक्षणका लागि आबस्यक सहयोग गर्ने आश्वासन दिनुभयो । पुल बने पछि स्थानिय हर्षित भएका छन्