दुर्गा आचार्य
बर्दिया,असार,१९। छोरालाई भेटेर फर्कने क्रममा बर्दियामा एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालीका ८ वस्ने ६५ बर्षिय सितालु थारु सोमवार सोही नगरपालिका वडानम्वर —१ भुरिगाँउ वस्ने आफ्नो छोरालाई भेट्न गएका हुन् । सोमवारनैछोरा लाई भेटेर फर्कैका सितालु बिहान सम्म घर नपुगेको भनी प्रहरीमाखवर आएपछि उनको खोजी कार्य भएको हो। खोज्ने क्रममा मंगलवार ओराईखोलाको किनारमा थारु मृत अवस्तामा भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएस्पी युवराज खड्काले वताएका छन् ।