मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसले सरकारका असंबैधानिक क्रियाकलाप विरुद्ध संसदमै अनसन बस्ने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका असंबैधानिक क्रियाकलाप विरुद्ध संसदमै अनसन बस्ने चेतावनी दिएको छ ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका सास्ांदहरुले सरकार निरंकुश शैलीमा अघि बढेको तथा नागरिकलाई बोल्न पाउने नैसर्गिक अधिकारबाट समेत बञ्चित गराएको आरोप लगाए ।

    सांसद अमरेश कुमार सिंहले हिजो लोकतन्त्रका लागि बन्दुक पड्काउदै लडेको पार्टीले आज सरकारमा बसेर नागरिकलाई बोल्न पाउने अधिकारबाट बञ्चित गरेको आरोप लगाउनु भयो । उनले भने, ‘के लोकतन्त्रको परिभाषामा कहीँ कसैले भेला गर्न नपाउने ? कसैले कुनै सरकारको विरोध गर्न पाउदैन ?’ सांसद सिंहले हिटलर, स्टालिन, र माओको पालामा सवैभन्दा बढी हत्या भएको स्मरण गराउदै सरकारको कार्यशैली प्रति शंका व्यक्त गरे ।

    ‘जुन पार्टी आज सरकारमा छ, हिजो लोकतन्त्रका लागि लडिरहेको थियो, बन्दुक पड्काईरहेको थियो तर आज त्यही पार्टी आएर, त्यही व्यक्ति सरकार र मन्त्रीमा बसेर बोल्न पनि बन्देज लगाइरहेको छ । यो कस्तो लोकतन्त्र हो ? बाहिर हल्ला छ यो सरकार लोकतान्त्रिक प्रक्रियामा हिटलरको बाटोमा जाने ? कि स्टालिनको बाटोमा जाने ? कि माओको बाटामा जाने ?’ उनले प्रश्न गरे ।

    संसदमै अनसन बस्ने अवस्था सिर्जना नगर्न उनले सरकारलाई चेतावनी दिनुभयो । उनले डाक्टर केसीको माग पुरा गरी चिकित्सा शिक्षा अध्यादेशलाई यथास्थितिमानै संसदबाट पारित गराउन माग गरे ।

    सांसद डिला संग्रौला पन्त डा. केसीलाई सरकारले गैह्र न्यायिक व्यवहार गरेर लोकतन्त्र र मानवअधिकारको धज्जी उठाएको आरोप लगाए ।

  • २१ असार २०७५, बिहीबार ०७:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित