मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको डुडुवा गाउँपालिकाका १७६ जना जेष्ठ नागरिकलाई सम्मान
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), । डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । गाउँपालिकाको १ वडादेखि ६ वटै वडा अन्र्तगतका ८२ वर्ष पुगेका १ सय ७६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
    गाउँपालिकाको हिरिमिनिया, बेतहानी, बनकट्टी र कम्दी गरि छुट्टाछुट्टै ४ स्थानमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, वडाध्यक्ष गजेन्द्र कैराती, भण्डारीलाल यादव, मोहनराम मिश्र, प्रशुराम बुढाथोकी, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद रेग्मी लगायतको उपस्थिती रहेको थियो ।
    जेष्ठ नागरिकहरुलाई कम्बल, टर्च र छाता प्रदान गरि सम्मान गरिएको थियो । सामाग्री ग्रहण गर्दै वडा नंं ३ का ११२ वर्षिय बृद्ध आशाराम यादवले भन्नुभयो–‘हाम्रो अभिभावक भनेको सरकार हो, मासिक सामाजिक सुरक्षा भत्ताले सामान्य खर्च पुग्छ’ । छोरा छोरीको अगाडी हात फैलाउन परेको छैन । यो टर्च र छाताले अहिलेको अवस्थामा धेरै उपयोगी भएको उहाँले बताउनुभयो ।
    गाउँपालिकामा ८२ वर्षदेखि १२३ वर्षसम्मका जेष्ठ नागरिकलाई उक्त सामाग्री प्रदान गरिएको थियो ।

  • २४ असार २०७५, आईतवार ०६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित