प्रियंका चोपडाको नाम हालै संसारको सबैभन्दा ‘हट’ महिलाको लिस्टमा सामेल भएको छ । योसँगै प्रियंकाको नाम एक अर्को रेकर्डमा पनि जोडिएको छ ।
सामाजिक सञ्जालमा सधैँ क्रियाशील रहने प्रियंका इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएकी भारतीय महिला बनेकी छिन् ।
बलिउडका साथै हलिउडमा पनि प्रियंका जमेकी अभिनेत्री हुन् । ‘क्वान्टिको’ सिरियलबाट हलिउडमा पाइला राखेकी प्रियंका हलिउडमा समेत उत्तिकै चर्चित छिन् ।
बढेको लोकप्रियताका कारण प्रियंकाले बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणलाई पनि पछाडि पारेकी छिन् ।
प्रियंकाको इन्स्टाग्राममा २५ मिलियन फलोअर्स छन् । प्रियंकाको यस रेकर्डका कारण दीपिका पादुकोण पछि परेकी हुन् । दीपिका पादुकोणको इन्स्टाग्राममा २४.९ मिलियन फलोअर्स छन् ।
दीपिकाका साथै अन्य ठूला स्टार पनि प्रियंकाभन्दा पछि परेका छन् । क्रिकेटर विराट कोहलीकोे २२.७ मिलियन, आलिया भट्टको २२.७ मिलियन र श्रद्धा कपुरको २१.७ मिलियन फलोअर्स छन् । यसका साथै प्रियंकाको फेसबुकमा पनि ३७ मिलियन