काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजले सरकारले गरेका स्वतन्त्रता विरोधी निर्णय बिरुद्ध आन्दोलन गर्ने जनाएको छ । समाजले आइतबार बिज्ञप्ति प्रकाशित गर्दै नेकपा नेतृत्वको सरकारले गरेका स्वेच्छाचारी निर्णय र स्वतन्त्रता विरोधी गतिविधिविरुद्ध मंगलबारदेखि आन्दोलन सञ्चालन गर्ने जनाएको हो ।
समाजका सभापति कृष्ण पहाडीलगायत नागरिक अगुवा र अधिकारकर्मीको सहभागितामा मंगलबार प्रधानमन्त्री कार्यालयको सिंहदरबार दक्षिण गेट अगाडि धर्ना र प्रदर्शन गर्ने जनाएको छ।
शनिबार दिउँसो प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा प्रदर्शन र असार ३२ मा संसद भवन अगाडि प्रदर्शन गरिने जनाएको छ।
साउन १ देखि उपत्यकाका बिभिन्न स्थानमा निरन्तर नागरिक सभा आयोजना गरिने बिज्ञप्तिमा उल्लेख छ।
सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेको भन्दैन्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको अाराेप लगाएकाे छ।
पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले आन्दोलन घाेषणा गरिएकाे समाजका महासचिव उत्तम पुडासैनीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाएकाे छ।