शरद रेग्मी
दाङ अषाढ २४/ दाङका विस्थापित परिवारहरुले राज्यले आफुहरुलाई उपेक्षा गरेको बताएका छन । माओबादि जनयुद्ध बाट बिस्थापित भएकाहरुले आज रिपोटर्स क्लव दाङमा पत्रकार सम्मेलनको आयोजना गरि राज्यले उचित क्षेतिपुर्ति समेत नदिएको भन्दै आक्रोस पोखेका छन ।
जनयुद्धको नाममा आफुहरुका सम्पत्ति वर्षौ सम्म कव्जा गरि खाएको तर राज्यले आज सम्म पनी आफुहरुको पिडा नसुनेको आरोप समेत लगाए ।
तत्कालिन जनयुद्धको समयमा राजनितिक आस्थाका आधारमा आफुहरुको घर सम्पति लुटेको भन्दै सरकारले क्षेतिपुर्तिको नाममा आफना कार्यकर्ता पोस्ने काम मात्रै गरेको बताए । पत्रकार सम्मेलनमा बोल्दै विस्थापित परिवार दाङका संयोजक लोकमणि गिरीले प्रजातन्त्रमा बिस्वास गर्ने र राजनितिक पृष्ठभुमि भएकै कारण आफुहरुको सम्पत्ति कव्जा गरिएको बताए ।
सरकारले वास्तविक रुपमा द्धन्द्धबाट प्रभावित भएकाहरुलाई भन्दा द्धन्द्धको नाममा आफना कार्यकर्ताहरुलाई पोस्ने काम गरेको गिरीले पत्रकार सम्मेलनमा बताए । साथै गिरीले बिस्थापितहरुको क्षेतिको तत्थ्याङ संकलन गरि क्षेतिपुर्ति दिन सर्वोच्च अदालतले समेत फैसला गरेको भन्दै राज्यले कानुनि राज्यको समेत उपहास गरेको बताए ।
राज्यले सवै नागरिकहरुलाई समान ब्यवहार गर्नु पर्छ कसैलाई काखा र कसैलाई पाखा गर्नु हुदैन गिरीको भनाई रहेको थियो । राज्यसंग आफुहरुले झण्डै १० वर्ष सम्म आफनो सम्पत्ति उपभोग गर्न नपाएको क्षेतिपुर्ति माग गरेको हो , तर राज्यले गैर नागरिकको ब्यवहार गरेको गिरीले आरोप लगाए ।
त्यसैगरि पत्रकार सम्मेलनमा बोल्दै तुलसीपुर नगरपालिकाका संस्थापक प्रमुख शंकर प्रसाद पोख्रेलले सरकारले बास्तविक बिस्थापितलाई उपेक्षा गरेको बताए । आचार्यले केहि दिन अघि मात्रै सार्वजनिक गरेको द्धन्द्धपिडितहरुको सुचीमा आफनो नाम नहुनु षडयन्त्र भएको आरोप लगाए ।
द्धन्द्धका समयमा तत्कालिन माओवदिले आफनो घर लुटेको तथा १० बिगाह जमिन झण्डै १० वर्ष सम्म उपभोग गर्न नपाएको बारेमा तत्कालिन समयमा ईलाका प्रहरि , ईलाका प्रशासन , जिल्ला प्रसासन , शान्ति मन्त्रालय सवै तिर निवेदन दिएको तर केहि दिन अघि जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक गरेको बिस्थापितहरुको सुचिमा आफनो नाम नहुनुले सरकारले राजनितिक पुर्वागृह राखेको आरोप लगाए । द्धन्द्ध बाट प्रभावित नभएका तर किर्ते कागज गरेर राज्य संग पैसा लिएको समेत आफुले थाहापाएको तर खास विस्थापित तथा द्धन्द्धपिडितहरुले कुनै क्षेतिपुर्ती समेत नपाउने र विस्थापितको सुचिमा समेत नाम नहुनु सरकारको नियोजित चाल भएको बताए ।
आफु काग्रेसको कार्यकर्ता भएकै कारण सरकारले आफनो नाम बिस्थापितहरुको सुचि बाट खारेज गरेको हुन सक्ने भन्दै राज्ले आफना नागरिकहरुलाई समान दृष्टिकोण राख्न सक्दैन भने यसबाट के अपेक्षा गर्ने उनले प्रश्न गरे । यदि राज्यले आफना माग सुन्दैन भने हाम्रा नागरीक हैनउ भन्नु प¥यो हामि जहाँ गएर भए पनी वस्न तयार छौ आचार्यले आक्रोस पोखे । त्यसैगरि पत्रकार सम्मेलनमा योगेश्वर रजौरे , बिजय केसी लगाएतले तत्कालिन माओबाद्धी द्धन्द्धका वेलामा कव्जा गरिएका सम्पत्तिको उचित क्षेतिपुर्ति पाउनु पर्ने बताउनु भयो । रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन सचिव बिमल गौतमले गर्नु भएको थियो ।