मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आगामी बर्ष हुने टुर्बग चौथो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगीताको बिजेता पुस्कार ७ लाख रुपैया हुने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असार २५ । टुर्बग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समिती सोमबार प्रतियोगिताबारे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
    आयोजक तथा नेपाल अखिल फुटबल संघ बाँकेका अध्यक्ष भोजराज शाहिले टुर्बग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता सफलतापुर्व सम्पन्न गराउने कार्यमा संचारकर्मी र खजुराबासीहरुलाई धन्यबाद दिदै आगामी बर्ष हुने टुर्बग चौथो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगीता माघ वा फागुन महिना भित्र सम्पन्न गर्न कार्य योजना बनाएको र सो कार्य योजना अखिल नेपाल फुटबल संघबाट स्वकृति लिने बताए । पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले आगामी बर्ष हुने प्रतियोगितामा राष्ट्रिय स्तरका कल्बलाई आकर्ष गराउनका लागी प्रथम हुने लाई ७ लाख रुपैया र दोस्रो हुने टिमलाई ३ लाख ५० हजार रुपैयाको पुस्कारको निर्णय गरेको जानकारी गराउदै नेपालगन्जमा संचालन हुने मेयर कप प्रतियोगितामा सहभागी खेलाडीहरुलाई पनि चौथो नेपालगन्जमा गोल्ड कप प्रयोगितामा सहभागिता गराउने बताए ।
    पत्रकारको एक प्रश्नको जवाफ दिदै अध्यक्ष शाहीले स्थानिय फुटवल खेलाडी उत्पादनका लागी नेपालगन्ज उपमहानगरपालिका वार्ड न १ स्थित एक बिगाह जग्गा लिजमा लिई १२ बर्ष मुनिकाका बालबालिकाहरुलाई फुटवल खेलको प्रशिक्षणका फुटवल खेलको मैदान निमार्णको अन्तीम चरणमा पुगेको बताए । कार्यक्रम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य प्रदेश सिह राठौर, अखिल नेपाल फुटबल संघका बाँके पुर्व अध्यक्ष गोबर्धन सम्झना ले फुटबलको बिकाशका लागी स्थानिय निकाय र स्थानिय जनताको सहभागीता महत्वपुर्ण रहेको बताए ।

  • २५ असार २०७५, सोमबार ११:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित