मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जाजरकोटमा ८० हजार घुस सहित इन्जिनियर पक्राउ
  • मार्गरेखा संवाददाता

  • असार २५ ,जाजरकोट/ ८० हजार घुस सहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिंचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन गराईदिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगद सहित पक्राउ गरिएको अख्तियारका सुचना अधिकारी मेघनाथ सापकोटाले बताए । अख्तियारका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल नेतृत्वको टोलीले देवलाई मंगलवार विहान उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भैरहेको सुचना अधिकारी सापकोटाले बताए ।

  • २५ असार २०७५, सोमबार १२:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित