नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालामाथी गरिएको व्यवहारले प्राज्ञिक क्षेत्रलाई अपमानित गरेको बताएका छन्। संसदको शून्य समयमा बोल्दै गौतमले उपकुलपति कोइराला माथि गरिएको व्यवहार संस्कृत र नेपाली भाषामा गरिएको प्रहार भएको पनि उनले बताए। प्रधानमन्त्री निवास बालुवाटारलाई कारगार बनाउन लागिएको हो भन्दै गौतमले प्रश्न गरे। ‘यो घटनाले सम्पूर्ण प्राज्ञिक क्षेत्रलाई लज्जित बनाएको छ’, उनले भने, ‘किन बालुवाटारलाई कारागार बनाउन खोजिँदैछ ?’
क्यानडामा आयोजित संस्कृत सम्मवन्धि सम्मेलनमा जान लागेका कोइरालालाई असार २३ गते त्रिभुवन विमानस्थलबाट प्रधानमन्त्री कार्यालय ल्याइएको थियो।