सोम गुुरुङ्ग,बाँके २६ असार ÷नेपालगन्जमा रहेर मानवअधिकार तथा कानुुनको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले आज जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई बाँकेको राप्ती पारी सर्पदंश उपचार केन्द्रको माग राख्दै ज्ञापन पत्र बुुझाएका छन् ।
सो ज्ञापन पत्रमा हाल बाँके जिल्लामा सर्पको टोकाईले गर्दा अनाहकमा मानिसको मृत्युु हुुनु परेको र राप्ती पारी नरैनापुुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाबाट सर्पको टोकाईबाट घाइते भएका विरामीलाई उपचार गर्न नेपालगन्ज ल्याउदै गर्दा बिच बाटौमै ज्यान सक्ने सम्भावना रहकोमा तत्काल सम्बोधन गरी दुुबै गाउँपालिकामा कम्तीमा एक÷एक सर्पदंश उपचार केन्द्रको स्थापना हुनुु पर्ने माग गरिएको छ । साथै आम नागरिकको बाँच्न पाउने अधिकारलाई सुुनिश्चिित गर्न गराउन ज्ञापन पत्र बुुझाएको छ । ज्ञापन पत्र बुुझाउनेहरुमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता राम कुुमार दिक्षित, अधिवक्ता विजय कुमार शर्मा, अधिवक्ता राम कुुमार राढ र सूचना अभियान्ता अरुण कुमार तिवारी समेतको उपस्थिती रहेको थियो । सो ज्ञापन पत्र बुुझदै प्रमुुख जिल्ला अधिकारी केसीले तत्काल यो समस्यालाई समाधान गर्न नेपाल सरकार, स्थानीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गर्नुु भएको छ ।