मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुलसीपुर उपमहानगरपालिकाले शिक्षा सुधारका लागि अभिभावकलाई सम्मान
  • मार्गरेखा संवाददाता


  • तुलसीपुर, असार २७ । तुलसीपुर उपमहानगरपालिकाले शिक्षा सुधारका लागि अभिभावकलाई सम्मान गरेको छ । घरमा वालवालिकाहरुलाई पढ्ने वातावरण राम्रो वनाउनुका साथै वालमैत्री व्यवहार गर्ने ९० जना अभिभावकलाई नगद सहित तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सम्मान गरेका हुन् ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावक दुवैको गुणस्तर वृद्धि अनिवार्य शर्त भएको वताए । शिक्षकले जागिरका लागि मात्र भन्दा पनि शिक्षाको गुणस्तर वृद्धिका लागि काम गर्नुपर्ने भन्दै अभिभावकले पनि घरमा वालवालिकाहरुलाई शैक्षिक वातावरणको सृजना गर्नुपर्ने कुरामा जोड दिए । सिकाइमा सृजनशिलता आवश्यक रहेको भन्दै परम्परागत शिक्षण पद्धतिबाट गुणस्तरिय शिक्षा सम्भव नभएको उनको कथन थियो । वालवालिकाका सामु अभिभावकले सृजनशिल कुरा गर्नुपर्नेमा जोड दिदै पाण्डेले शिक्षकहरुले खाली समयमा देश र नेतालाई गाली गरेका गफ चुटेर वस्नुभन्दा पनि सृजनशिल कुरा गर्नुपर्ने वताए ।
    वालवालिकालाई राम्रो व्यवहार गर्ने करिव ४ हजार अभिभावकबाट ९० जनालाई छनोट गरिएको उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विकले वताए । उनले विद्यार्थीहरुलाई फाराम भर्न लगाएर प्रतिष्पर्धाका आधारमा छनोट गरेको समेत वताए । शिक्षा शाखा प्रमुख भाष्कर गौतमले गुणस्तरिय शिक्षाका लागि अभिभावकको भुमिका अहम् हुने वताउँदै वालवालिकाहरुलाई घरमा असल वातावरण दिनुपर्ने वताए । सम्मानित अभिभावकले पुरस्कार र सम्मानले आफुहरुलाई उत्प्रेरित गरेको भन्दै वालवालिका प्रति थप सजग हुने वताएका थिए ।
    शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा भएको कार्यक्रममा स्रोत व्यक्ति मुकुन्द रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति विष्णु केसीले गरेकी थिइन् ।

  • २७ असार २०७५, बुधबार २१:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित