मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आधारभुत शिक्षा सुनिश्चितता भएको देशकै पहिलो बर्दियाको बारबर्दिया नगरपालिका घोषणा
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य
    बर्दिया,असार,२८। नगरपालिकाभित्र ५ बर्ष देखि १२ बर्षमा सम्मका कुनै पनि वालवालिका बिद्यालय बहिर नरहेकोे बारबर्दिया नगरपालिकालाई देशको पहिलो नगरपालिका रुपमा घोषणा गरिएकोे हो ।
    शिक्षा विज्ञान प्रबिधि मन्त्रालयका मन्त्रि गिरिराजमणी पोखरेलले देशकै नमुना नगरपालिकाको रुपमा वारबर्दियालाई अनिवार्य आधारभुत शिक्षा सुनिश्चित ’भएको नगरपालिका घोषणा गरेका छन् । भदौ मशान्त सम्ममा सम्पूर्ण स्थानीय तहमा पढ्ने उमेरका वालवालिका बिद्यालय जानबाट वन्चीत नभएको घोषणा गर्नुपर्नै मन्त्रीपरिषदले गरेको निर्णयलाई बारबर्दिया नगरपालिकाले सवैभन्दा पहिला घोषणा गरेकोमा मन्त्री पोखरेलले खुशी व्यक्त गरे ।
    मन्त्री पोखरेलले ७सय ५३ स्थानीय तहमा बार बर्दिया नगरपालिका यस अभियानमा पहिलो भई नेपालसरकारकै अभियानलाई ठूलो उर्जा मिलेको वताए ।
    वारबर्दियामा १७ अन्तरमाबि,१३ निमावि,२९प्राबि र ९६ वटा वालविकास केन्द्र संचालनमा छन् । नगरपालिकाका सबै विद्यार्थी विद्यालयमा भएको उपस्थितिले स्थानीय तहमा देशको नमुना नगरपालिका बनेकोे मन्त्री पोख्रेलले औपचारिक कार्यक्रममा धारणा राखे ।
    नगरपालिकाका सबै बिद्यार्थी विद्यालयमा जान थाले पछि सिंगो नगरपालिका अनिवार्य अधारभूत विद्यालय बाहिर रहेका छात्र तथा छात्रालाई पहिलो शत्रमा भर्ना गरेको नगरपालिकाको दाबी छ ।।

  • २८ असार २०७५, बिहीबार १९:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित