दुर्गा आचार्य
बर्दिया,असार,३२।
जुम्लामा अनसनरत डा. गोविन्द के.सी. को जिवन रक्षाको माग राख्दै बर्दियाको गुलरियामा विरोध प्रदर्शन गरिएको छ । जनताले सहज शुलभ सस्तो र भरपर्दो स्वास्थ्य सेवामा पहुचको माग राखि १७ दिन देखि जुम्लामा आमरण अनसनरत के.सी. को माग प्रति ऐक्यवद्धता जनाउदै सोमवार स्वास्थ्य सेवा सरोकार समाज बर्दियाले विरोध कार्यक्रम आयोजना गरेको हो ।
गरिब जनताका छोराछोरीहरु पनि निशुल्क चिकित्सा सेवा पढ्न पाउनु पर्छ भन्ने माग राखेका के.सी. लाई सरकारले मार्न खोजेको आरोप समाजसेवी दिनेश प्रसाद श्रेष्ठले लगाएका छन् । उनले जनताको पक्षमा बोल्ने के.सी. को मागका वारेमा सरकार गम्भिर नएकोले के.सी. को जिवन रक्षाका लागी जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जनताले सहज रुपमा स्थानीय स्तरमा स्वास्थ्य सुविधा पाउनुपर्छ भनी आफ्नो जिवनको समेत प्रवाह नगरी सत्याग्रह बसेकाले उनको माग जायज रहेको गैसस महासंघ बर्दियाका अध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाले बताए । उनले गोविन्द के.सी.को यस महान अभियानमा बर्दियाली जनताको सदैव साथ र समर्थन रहने बताए । गुलरिया बसपार्कबाट निस्केको विरोध जुलुस राधाकृष्ण चौक, जिल्ला प्रशासन कार्यालय हुदै बर्दिया जिल्ला अदालत अगाडी कोण सभामा परिणत भएको थियो ।