मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा २ जना हतियार सहित पक्राउ
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    गुलरिया, असार ३२ । बर्दिया प्रहरीले अवैध हतियार सहित दुईजनालाई पक्राउ गरेको छ । ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ्ग र ईलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले २ जनालाई पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका वार्ड नम्वर २ सितापुर निवासी२६बर्षिय खुमबहादुर थापा र २७ बर्षिय खड्क बहादुर सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
    उनीहरुबाट १ थान १२ बोर बन्दुक र सोही वन्दुकमा लाग्ने २ राउण्ड गोली समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डि.एस.पी युवराज खड्काले वताए । पक्राउपरेकालाई जिल्ला प्रशासन कार्यालय बर्दियामा १० दिनको म्याद थपगरी अनुसन्धान भैरहेको वताईएको छ ।
    उक्त हतियार प्रहरीले बढैयाताल गाउँपालिका वार्ड नम्वर १ वस्ने डम्बर बहादुर खड्काको घरबाट १ थान भरुवा बन्दुक बरामद गरेको हो । खड्का भने फरार रहेकाले उनको खोजी कार्य भैरहेको प्रहरीको भनाई छ ।

     

  • ३२ असार २०७५, सोमबार २१:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित