मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश ५ को स्थायी राजधानी र नामाकरण टुङ्गो नलागेसम्म प्रदेश सभा बैठक चल्न नदि काँग्रेसको अडान
  • मार्गरेखा संवाददाता

  • प्रदेशको राजधानी र नामाकरण नभएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले प्रदेश ५ को आजको प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । अस्थायी मुकाम बुटवलमा आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल कांग्रेसले स्थायी राजधानी र नामाकरण टुङ्गो नलागेसम्म प्रदेश सभा बैठक चल्न नदि अडान राख्यो । आजको बैठक शुरु भएलगत्तै विशेष समय लिएर कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रदेश ५ को सरकार संविधान अनुसार चल्न नसकेको बताउनुभयो । संविधानमा ६ महिनाभित्र प्रदेश सभाबाट स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने उल्लेख भएपनि अहिलेसम्म त्यो नभएकाले कांग्रेसले बाध्य भएर बैठक अवरोध गर्ने नीति लिनु परेको उहाँले बताउनुभयो । संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने व्यवस्था भएपनि प्रदेश ५ को प्रदेश सभामा अहिलेसम्म दुबै पद एकै दलको भएकोमा आश्चर्य जनाउनुभयो । प्रदेश सभा सदस्यले विपक्षी दलका नेता बलदेव शर्माको नेतृत्वमा प्रदेश सभाको बैठक कक्षमा उभिएर विरोध गरेका थिए । कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले भोलि दिउंसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउनु भएको थियो । राजधानी, नामाकरण र सभामुख उपसभामुखका विषयमा मुख्यमन्त्रीसंग छलफल गरेर टुङ्गो नलाग्दासम्म बैठक अवरोध जारी राख्ने सचेतक क्षेत्रीले बताउनुभयो

  • १३ श्रावण २०७५, आईतवार १५:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित