मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त
  • मार्गरेखा संवाददाता

  • उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

    ‘२४ औं कार्गो दिवस’ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले रेल, पानी जहाजजस्ता कुरामा भन्दा पनि जनताको जीवनस्तरलाई सुदृढ बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन राम्रो सडक सञ्जालमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

     

    उपराष्ट्रपति पुनले काठमाडौंको सडकको दुरावस्था हटाउनेलगायतका कामलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायलाई ढिलाई नगर्न आग्रह गरे । काठमाडौंमा डुबान हुँदा पनि खासै काम गर्न नसकेकोमा उपराष्ट्रपति पुनले सरकारप्रति गुनासो गरेका छन् । उनले सरकारलाई काम गर्ने शैलीमा तीव्रता दिन पनि आग्रह गरे । सरकारले काम गर्ने शैलीमा परिवर्तन नगरे पाँच वर्षमा पनि मुलुकमा केही पनि काम नहुने उपराष्ट्रपति उनको भनाई छ ।

    उपराष्ट्रपति पुनले जनताका दैनिक आवश्यक्तालाई सम्बोधन गर्ने काममा सरकारले जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई साथ दिन सबैलाई आह्वान गरेका छन् ।

  • १३ श्रावण २०७५, आईतवार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित