मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अधिनायकवादी र जनविरोधी क्रियाकलापकाविरुद्ध साउन १५ गते नेपाली काँग्ररेस बाँकेको बृहत्त जनप्रर्दशन
  • मार्गरेखा संवाददाता

  •  

    सरकारले बढाएको कर तथा मुल्यबृद्धि र विगतको सरकारले गरेका नीतिगत निर्णय खारेजीको बिरोधमा नेपाली कांग्रेस बाँकेले आगामी मंगलबार नेपालगन्जमा बिरोध प्रर्दशन गर्ने भएको छ । कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णय अनुसार बाँकेमा पनि साउन १५ गतेका दिन प्रर्दशन गर्ने तयारी गरिएको नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईराला र सचिव कपिलदेव शर्माले विज्ञप्तीमार्फत जनाएका छन् ।

     

    सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापकाविरुद्ध साउन १५ गते बिहान ११ बजे पार्टी कार्यालय नेपालगन्जबाट प्रर्दशन सुरु गरिने जनाइएको छ । संघिय सरकार तथा प्रदेश सरकार निर्वाचित भएर आएपछि सम्पुर्ण जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार सरकार अगाडी बढ्नुको साटो शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट सरकार सञ्चालन गरी अधिनायकवादी एवम् जनविरोधी क्रियाकलापहरु सञ्चालन गरेको विज्ञप्तीमा उल्लेख छ । संघिय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने सम्बैधानिक ब्यवस्थाको बर्तमान सरकारले उल्लंघन गरेको कांग्रेसले जनाएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला भएका नीतिगत निर्णयलाई गैर कानुनी तरिकाबाट खारेज, तत्कालिन देउवा नेतृत्वको सरकारले ७० वर्ष घटाई ६५ वर्षमा बृद्धभत्ता दिने गरेको निर्णय, मृगौला स्पाईनल ईन्जुरी क्यान्सर तथा मुटुरोगका गम्भिर बिरामीलाई मासिक रुपमा ५ हजार जीविकोपार्जन भत्ता दिने ब्यवस्था तथा भुकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णयलाई खारेज गर्ने वर्तमान सरकारको जनविरोधी निर्णयका विरुद्ध ध्यान आकृष्ठ भएको नेपाली कांग्रेस बाँकेले जनाएको छ ।

    मुल्यबृद्धि आकाशिदो रुपमा भईरहेको छ र मनोमानी तरिकाबाट जनतामाथी कर थपिदै गएको प्रति असन्तुष्टी जनाउँदै कांग्रेसले वर्तमान सरकारका मन्त्रीहरुले गैर जिम्मेवारी मन्तब्यहरु दिदै हिडेको, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने, निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रलाई कानुन मान्दैन भनी बन्देज गर्ने जस्ता क्रियाकलापलाई अगाडी बढाईरहेको, स्वतन्त्रतामाथी बन्देज लगाउँदै जाने, बाढी पीडित जनताका आवश्यकता र समस्याप्रति उदासिनताका साथ प्रस्तुत हुने जस्ता क्रियाकलाप सरकारले सञ्चालन गर्दै विज्ञप्तीमा उल्लेख छ । उक्त प्रर्दशनमा उपस्थित हुन पार्टीका क्रियाशिल सदस्य, पार्टीका निकाय तथा भातृ एवम् शुभेच्छुक संस्था, समाजसेवी, उद्योगी, व्यवसायी, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कानुन ब्यवसायी लगायतलाई उक्त विज्ञप्तीमार्फत अपिल गरिएको छ ।

  • १४ श्रावण २०७५, सोमबार ०९:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित