मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाका ११३ सीमास्तम्भ?आखिर किन यस्तो गर्दै छ भारतले?पढ्नुहोस्
  • मार्गरेखा संवाददाता

  • नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् । बाँकेमा १३ र बर्दियामा १०० सीमास्तम्भ गायब भएका हुन् ।

    बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कटकुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोही क्षेत्रका २ सय ७५ सहायक स्तम्भमध्ये पाँचवटा नदीले बगाएको छ भने तीनवटा हराएको छ ।

     

    नेपाल–भारत सिमानाअन्तर्गत बर्दियामा दुई सय ४५ सीमास्तम्भमध्ये मुख्य सातसहित ९३ स्तम्भ हराएका छन् । बबई नदीको बाढी र कटानका कारण तीनवटा सीमास्तम्भ जोखिममा रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । ०७१ र ०७४ को बाढीले ठूला, मझौला र साना ३२ स्तम्भ बगाएको उनले बताए । ‘बाढीले सीमास्तम्भ बगाए पनि पुनर्निर्माण हुन अझै सकेको छैन,’ उनले भने ।

  • १४ श्रावण २०७५, सोमबार १५:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित