मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरकार अधिनायकबादतर्फ उन्मुख भएकाले आफूहरुले आन्दोलन थालेको नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेस बाँकेले भोलि नेपालगन्जमा विरोध प्रदर्शन गर्दैछ । केन्द्रिय कार्यालयको साउन १५ गते सबै जिल्ला सदरमुकामहरुमा सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय अनुसार बाँकेको नेपालगन्जमा पनि विरोध प्रदर्शन गर्न लागिएको हो । जिल्ला कार्यसमिति बाँकेले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी गराएको हो ।

    सरकार अधिनायकबादतर्फ उन्मुख भएकाले आफूहरुले आन्दोलन थालेको सभापति किरण कोइरालाले बताउनुभयो । लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार सरकार अघि बढ्नुको साटो कानुनी शासनको खिल्ली उडाउँदै सरकार मनोमानी ढंगले चलेको कोइरालाले आरोप लागउनुभयो ।

    पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा सरकार अधिनायकबादी एवम् जनविरोधी क्रियाकलापहरुमा अग्रसर भएको, मूल्यबृद्धि आकाशिएको, जनतामाथि कर थोपर्ने काम भएको, मन्त्रीहरुले गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिँदै हिँडेको, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने लगायतका क्रियाकलापमा अग्रसर भएर लोकतन्त्रको अपमान गरेकाले लोकतन्त्र र जनताको पक्षमा आन्दोलन थालेको उल्लेख छ ।

    कांग्रेस सभापति शेर बहादुर देउबा नेतृत्वको पूर्ववर्ति सरकारले गरेका निर्णयहरु वर्तमान सरकारले उल्टाएकाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । सभापति कोइरालाले भोलि विहान ११ बजे पार्टी कार्यालयबाट शुरु हुने विरोध प्रदर्शन विपीचोक, त्रिभुवनचोक, त्रिबेणी मोड, धम्बोझी चोक हुँदै पुनः विपी चोकमा पुगेर कोणसभामा परिणत हुने बताउनुभयो ।

  • १४ श्रावण २०७५, सोमबार १५:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित