कोहलपुर नगरपालिका वडा नं. २ निवासी सपना चौधरीलाई छाडेर उनका श्रीमानले दोस्रो विवाह गरे अनि उनको पीडादायी जीवन शुरु भयो । एउटा मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक संकट एउटा समस्या थियो भने श्रीमानले कुनै मतलब नगरेपछि उनको प्रभावकारी उपचार हुन नसक्नु उनको अर्को समस्या रह्यो ।
अहिले एउटा मृगौलाले काम गर्न छाडिसकेको छ । आर्थिक अभावमा उनले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले काठमाण्डौ रेफर गर्दा पनि जान सकिनन् । मृगौला पीडित थारु सहयोगको लागि हरेक ठाउँ हार गुहार गर्दा पनि सहयोगी हातहरु स्वतस्पूmर्त अगाडी बढ्न सकेनन् । मृगौला पीडित थारु भन्छिन्–‘२ वर्ष अगाडीबाट श्रीमानले कान्छी श्रीमती विहे गरेर मलाई कुनै वास्ता गरेनन् । श्रीमानबाटै सहयोग नपाएपछि उपचार गर्न मलाई ठुलो समस्या देखियो । आर्थिक अवस्था कमजोर रहेकाले आफै उपचार खर्च जुटाउन असम्भव थियो ।’
जब थारु आप्mनो समस्या लिएर कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुलाई भेटिन्, त्यसपछि उनमा केही उत्साह थपिएको पीडित मृगौला थारु बताउँछिन् । नगरपालिका उप–प्रमुख थारुले सबै प्रकारको सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित थारुलाई सहयोगार्थ सहयोगका लागि अपिल गरिन् । शुरुमा आफै सहयोग रकम जम्मा गरेर नेपाली काँग्रेसबाट स्थानीय निर्वाचनमा बिजयी भएका जनप्रतिनिधीहरुसँग सहयोगका लागि आग्रह गरिन र उप–प्रमुख थारुकै अगुवाईमा स्थानीय व्यापारी लगाएत ब्याटमिन्ट संघको अधिवेशनमा स्वतःस्पूmर्त सहयोग गर्न खेलाडीहरु अग्रसर बने । फस्वरुप २८ हजार २ सय रुपैयाँ संकलन भयो । संकलित सहयोग रकम मृगौला पीडित थारुलाई हस्तान्तरण गर्दै काठमाण्डौको बीर हस्पिटल सम्म जाने वातावरण पनि उप–प्रमुखले नै सिर्जना
गरिन् । सहयोग रकम संकलनलाई निरन्तरता दिँदै उप–प्रमुख थारुले आप्mनै अगुवाईमा अहिले पनि रहयोग रकम संकलन अभियानलाई जारी राखेकी
छिन् । आर्थिक रुपमा अति विपन्न पीडित चौधरीको शुरुको उपचार मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य
परीक्षण गराउँदा मृगौलामा संक्रमण देखिएको थियो । पछि संक्रमण फैलिएर मृगौला पुरै ड्यामेज भएपछि गत जेठ १६ गते नै अस्पतालले काठमाण्डौ रेफर
गरेकोमा आर्थिक अभावका कारण थारु काठमाण्डौ जान सकिरहेकी थिइनन् । उप–प्रमुख थारुको अगुवाईमा संकलन भएको रकमबाट र उपचारकाक्रममा सहयोग गर्ने प्रतिबद्वता पाएपछि नयाँ जीवन पाएर कोहलपुर फर्कने विश्वास पीडित थारुले व्यक्त गरेकी छिन् ।