मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सर्वसत्ताबाद र अधिनायकबाद विरुद्ध नेपालगन्जमा विशाल प्रदर्शन
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा विशाल विरोध प्रदर्शन गरेको छ । केन्द्रिय कार्यालयको साउन १५ गते सबै जिल्ला सदरमुकामहरुमा सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय अनुसार बाँकेको नेपालगन्जमा पनि विरोध प्रदर्शन गरिएको हो । कांग्रेसका नेता, कार्यकर्ता, भ्रातृ संगठनका नेता, कार्यकर्ता, शुभेच्छुक संघसंगठनहरु सहभागी प्रदर्शन मध्यान्ह पार्टी कार्यालयबाट शुरु भएर विपी चोक हुँदै त्रिभुवन चोक, सदरलाइन, त्रिवेणीमोड, बागेश्वर मन्दिर हुँदै घरबारीटोल, धम्बोझी चोकबाट पुनः विपी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

    कोणसभामा बोल्ने नेताहरुले सरकार सर्वसत्ताबाद र अधिनायकबादको दिशामा अग्रसर भएको बताएका थिए । लोकतन्त्रको मर्म, मूल्य र मान्यता कुल्चँदै अघि बढेको सरकारका विरुद्ध कांग्रेस आन्दोलित भएको उनीहरुको भनाई थियो । पार्टी सभापति किरण कोइरालाले सरकार अधिनायकबादतर्फ उन्मुख भएकाले आफूहरुले आन्दोलन थालेको बताउनुभयो । लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार सरकार अघि बढ्नुको साटो कानुनी शासनको खिल्ली उडाउँदै सरकार मनोमानी ढंगले चलेको कोइरालाले आरोप लगाउनुभयो । कोणसभामा प्रदेश सांसद् सुरेन्द्र हमाल, पूर्व सांसद् मैकुलाल बाल्मिकी, नेविसंघ अध्यक्ष पूर्णप्रसाद आचार्य लगायतले सरकार अधिनायकबादी बन्न उद्यत रहेको भन्दै लोकतन्त्रको मूल्य मान्यता नभुल्न चेतावनी दिएका थिए । संविधान रक्षा गर्न काँग्रेसले विरोध प्रदर्शन गरेको बक्ताहरुको जिकिर थियो । विरोध प्रदर्शनका क्रममा सरकार विरुद्ध चर्का नारा समेत लगाइएका थिए ।

    सरकार अधिनायकबादी एवम् जनविरोधी क्रियाकलापहरुमा अग्रसर भएको, मूल्यबृद्धि आकाशिएको, जनतामाथि कर थोपर्ने काम भएको, मन्त्रीहरुले गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिँदै हिँडेको, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने लगायतका क्रियाकलापमा अग्रसर भएर लोकतन्त्रको अपमान गरेकाले लोकतन्त्र र जनताको पक्षमा आन्दोलन थालेको कांग्रेसले जनाएको छ । कांग्रेस सभापति शेर बहादुर देउबा नेतृत्वको पूर्ववर्ति सरकारले गरेका निर्णयहरु वर्तमान सरकारले उल्टाएकाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

  • १५ श्रावण २०७५, मंगलवार १५:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित