मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

के हो पायल्स ? पायल्स भए के गर्ने ?
  • मार्गरेखा संवाददाता

  • पायल्सलाई मेडिकल भाषामा हेमराइड्स भन्ने गरिन्छ । यस्तो समस्या भएमा मलद्वारको भित्री र बाहरी भाग र मलाशयको तल्लो भागका शिराहरू सुन्निने गर्छ । जसका कारण एनसको भित्र र बाहिर या कुनै एक ठाउँमा मस्साको जस्तो दाना बन्ने गर्छ । यस्तो मस्सा कहिले भित्र रहन्छ भने कहिले बाहिरै निस्कन्छ ।

    उमेर बढ्दै जाँदा पायल्सको समस्या पनि थप विकसित हुँदै जान्छ । यस्तो समस्या परिवारको कुनै सदस्यमा छ भने सन्ततिलाई पनि हुने सम्भावना हुन्छ । विशेषगरी यो समस्या मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । धेरैजसो व्यक्तिले मलद्वारसम्बन्धी प्रायः रोगलाई पायल्सको रूपमा लिने गर्छन् । तर, मलद्वारका अरू कैयौँ रोग पनि हुन्छन्, जुन पायल्स नभई फिसर पनि हुन सक्छ ।

    फिसर कहिलेकाहीँ एनसको वरिपरिको क्षेत्रमा चिरिएकोजस्तो स्थिति बन्न जान्छ । जसलाई फिसर भनिन्छ । यो दरार सानो पनि हुन सक्छ र ठूलो पनि । यसबाट पनि दिसा गरेपश्चात् रगत आउँछ ।

    लक्षण
    – एनसको वरिपरि कडा प्रकारको गाँठोको महसुस हुनु,
    – यस्तो गाँठोमा रगत जमेको पनि हुने गर्छ । जसले गर्दा एनस निकै दुख्ने पनि गर्छ ।
    -दिसापछि पेट सफा नभएको महसुस हुनु,
    – ट्वाइलेट बस्ने समय निकै पीडाको अनुभूति हुनु,
    – मलद्वारमा कुनै तिखो सिन्काले घोचेजस्तो लाग्नु,
    – दिसा लागे पनि ट्वाइलेट जान हिच्किचाइरहनु,
    – दिसासँगै रगत बग्नु, एनसको वरिपरि चिलाउनु, उक्त क्षेत्र रातो हुनु र सुन्निनु आदि ।

    कारण
    – पुरानो कब्जियत हुनु र दिसा गर्दा बढी जोड लगाउनु,
    – लगातार या बारम्बार झाडापखाला लाग्नु,
    – लगातार वजनदार चिज उठाउनु,
    – मोटोपना,
    – निष्क्रिय र अस्वस्थकर जीवनशैली,
    – गर्भावस्थामा पनि अधिकांश महिलामा पायल्सको समस्या
    देखिने गर्छ ।

    सल्लाह
    – कब्जियत नै पायल्स हुनुको प्रमुख कारण हो । त्यसैले यसबाट बच्न भरपूर मात्रामा हरियो रेसादार सागपात र तरकारीको प्रयोग गर्नुपर्छ ।
    – सिजनअनुसारका फलफूल खानुका साथै प्रशस्त मात्रामा पानीको प्रयोग गर्नुपर्छ । यसले दिसा सफ्ट हुन्छ । जसले गर्दा कहिल्यै कन्नुपर्ने
    बाध्यता हुँदैन ।
    – सफ्ट र मोस्चरयुक्त ट्वाइलेट पेपरको प्रयोग गर्नुपर्छ ।
    -जहिले पनि खुकुलो अन्डरवेयर लगाउने बानी बसाउनुपर्छ । किनकि, टाइट अन्डरवेयरका कारण पायल्स (डल्लो)मा घर्षण हुन सक्छ, जसले गर्दा बिरामीलाई अप्ठ्यारो महसुस हुन्छ ।
    – पायल्सका बिरामीलाई मल त्याग गरेपश्चात् पनि अझै दिसा बाँकी रहेको अनुभव हुन्छ । यस्तो अवस्थामा मानिसले जोडले कन्ने गर्छन् ।नयाँ पत्रिकाबाट

  • १७ श्रावण २०७५, बिहीबार ११:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित