नेपालगन्ज, १७ साउन । भन्सार कार्यालय सशस्त्र प्रहरी बल राजस्व गुल्मको सक्रियतामा करिब ४ सय थान क्वाइलर कुखुराको बच्चा र ४ थान व्बाइलर कुखुरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरिक्षक टिका राम गोसाईको कमाण्डमा गएको टोलीले खजुरा गाँउ पालिका वडा नं. १ को सैनिक क्षेत्रमा भारतबाट अवैध कुखुरा ल्याउने क्रममा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक निरान्कर शुक्लाले बताउनु भयो ।
सशस्त्र प्रहरीले बरामद गरेको कुखुराको नेपाली बजार मूल्य करिब २४ हजार पर्ने बताइएको छ ।
बरामद गरिएको कुखुराको बच्चा १० बजे क्वारेन्टाइन चेकपोष्ट बुझाई नष्ट गरिने बताइएको छ ।
यसैगरी भारतबाट भन्सार छली ल्याउने क्रममा करिब ४० हजार मूल्यको ब्याट्री समेत बरामद गरी भन्सार कार्यालय बुझाएको छ ।