मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश ५ का कृषि मन्त्रीलाई बाँकेका किसानको मागै माग
  • मार्गरेखा संवाददाता

  • ????????????????????????????????????

    ????????????????????????????????????

    खजुरा बाँके/ प्रदेश ५ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रि आरती पौडेलले शुक्रबार बाँकेको खजुरा गाउँपालिकामा रहेका कृषि फार्महरुको निरीक्षण सगै किसान र जनप्रतिनिधि सगँ अन्तरक्रिया गरेकी छन । मन्त्रि पौडेलले खजुरामा रहेको कुखुरा विकास फर्म, लालबहादुर सुनारले सन्चालन गरेको च्याउ फार्म र गेहेन्द्र धितालको तरकारी तथा फलफुल खेतीको निरीक्षण गरेकी हुन । कृषि पत्रकार संघ बाँकेको संयोजनमा गरीएको किसानसगँको अन्तकृयात्मक कार्यक्रममा बोल्ने किसानहरुले मुख्य समस्या सिंचाई रहेको गुनासो गरेका थिए । सिचाँई अभावका कारणले मौसमि तथा बेमौसमि खेतीगर्न मुस्किल पर्ने गरेको किसानहरुले गुनासो गरेका थिए । सिचाई नपुगेका ठाउँमा सोलार सिंचाइँको व्यवस्था मिलाउन, सिंचाइँको लागि वितरण भएका मिटरको क्षमता बढाउन तथा त्यसको दायरा फराकिलो बनाउन , साना किसानमुखि कार्यक्रम सन्चालन गर्न र कृषि उपजकोे बजार ग्यारेन्टी गर्ने नीति निर्माण गर्न मन्त्रिसँग माग गरेका छन् । कृषक गेहेन्द्रले किसानलाई अनुदान दिदा ध्यान पु¥याउन अनुरोध गरे । कृषिमा गरेको लगानी नडुब्ने किसिमले योजना ल्याउन किसानले मन्त्रिलाई सुल्झाए । आधुनिक कृषि प्रविधि किसिमको योजना किसानको माझमा ल्याई कृषि उत्पात्कत्व बढाउन सहयोग गर्न सके मात्र कृषिको विकास सम्भव हुनेमा जोड दिएका थिए । मन्त्रि पौडेलले किसानहरुको समस्या र मागलाई आफुले गम्भिरतापुर्वक लिई सुझावमुताविक नै काम गर्ने बताइन । अन्तकृयामा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र उपाध्यक्ष एकमाया विक वडा नम्बर दुईका वडाध्यक्ष देविलाल शर्मा खनाल, कुुखुरा व्यवसायि सघं बाँकेका अध्यक्ष लाल बहादुर खत्रि, निजि बन सघंका बाँके अध्यक्ष मोहन रिजाल, गाउँपालिका कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुर लगाएत गाउँपालिका भित्रका अगुवा किसानहरुको सहभागि थियो । निरीक्षणका क्रममा मन्त्रि पौडेलले खजुरामा रहेको कुखुरा विकास फार्मको क्षमता बढाइने बताएकी छन । फार्मका प्रबन्धक ललितजगं कुंवरले मन्त्रि पौडेललाई फार्मको हालको उत्पादन क्षमता बारे अवगत गराएका थिए । फार्मको प्रतक्ष्य अवलोकन गर्दे मन्त्रिले कुखुरा फार्मको भरपुर उपयोग गरी चल्ला उत्पादनमा वृद्धि गर्न निर्देशन दिइन ।
    यसैबिच, खजुरा गाउँपालिका वडा नम्वर २ सितापुरलाई खजुरा गाउँपालिकाको स्मार्ट कृषि गाउँ बनाउन प्रस्ताव गरिएको छ । मन्त्रि पौडेलसँग खजुरा क्षेत्रका किसानहरुले सो प्रस्ताव गरेका हुन । प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा स्मार्ट कृषि गाउँ बनाउने लक्ष्य लिएको छ । यस अघि पनि बाँकेको निर्वाचन क्षेत्र नम्बर एकमा रहेको खड्कवार गाउँ स्मार्ट गाउँ बनाउने सहमति भैसकेको थियो । प्रदेश नम्बर ५ मा ५२ वटा स्मार्ट कृषि गाउँ बन्ने भएको हो ।

     

  • १८ श्रावण २०७५, शुक्रबार २०:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित