नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ।
गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।
सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ। सोही ठाउँमा शनिबार पहिरो खसेर ४ घण्टा सडक अवरुद्ध भएको थियो। विगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ।
रासस