मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सगरमाथा ओपिसी सिमेन्ट गुणस्तर हिन भएको प्रमाणित प्रशासन द्धारा बिक्रि वितरणमा समेत रोक
  • मार्गरेखा संवाददाता

  •  

     

    बर्दिया,साउन,२०। जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुगमनका क्रममा पठाएको सगरमाथा ओपीसी सिमेन्ट गुणस्तरहिन पाईएको छ । प्रशासनले गएको जेठ ३१मा गुलरिया वजारको अनुगमनका क्रममा गुलरिया वजारको वडानम्वर—६मा अवस्थित बिजय ट्रेडर्सबाट घोराही सिमेन्ट उद्योग दाङ्गबाट उत्पादित सगरमाथा ओपिसी सिमेन्टको नमूना संकलन गरिपठाएको हो । नेपाल गुणस्तर तथा तौल विभाग, बालाजु काठमाण्डौमा पठाईएको उक्त सिमेन्टको ल्याव गुणस्तर हिन भएको नतिजा नापतौल विभागले बर्दिया प्रशासनमा पठाए पछि सगरमाथा ओपिसी सिमेन्ट गुणस्तर हिन भएको प्रमाणित भएको छ । नेपाल सरकारबाट गुणस्तर चिन्ह प्राप्त गरेको दाङबाट उत्पादित सगरमाथा सिमेन्ट ल्याब रिर्पोटबाट गुणस्तर नभएको प्रमाणित भएपछि कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी रामवहदुर कुरुम्बाङ्गले जानकारी गराएका छन्। स्थानीय प्रशासनले कारवाही प्रक्रिया नटुङ्गीदा सम्म सगरमाथा सिमेन्ट उत्पादनमा रोक लगाउन दाङ्ग प्रशासनलाई पत्रचार समेत गरिसकेको छ । बर्दियामा सर्वाधिक विक्रिहुने गरेको यस सिमेन्टको वारेमा जनस्तरबाट गुनासो आएकै कारण अनुगमन गरिएको प्रशासनले जनाएको छ । यस्तो गुणस्तर हिन उत्पालन गर्नै कार्यलाई प्रशासनले जघन्य अपराधको रुपामा लिएको प्रशासनको भनाई छ । गुणस्तरहिन उत्पालन भएको सिमेन्टले निर्माण कार्यलाईनै गुणस्तर हिन वनउने भएकाले सिमेन्ट कंम्पनीलाई हदैसम्मको कारवाहीको लागि प्रशासन लागि परेको प्रमुख जिल्ला अधिकारी रामवहदुर कुरुम्बाङ्गले वताए ।
    मानिसहरु आफ्नो जीवभरको कमाईबाट एकपटक घर निर्माण गर्नै गर्छन। आफुले वनाउने घरमा गुणस्तर हिन कमसल सिमेन्ट प्रयोग गर्दा त्यसबाट निर्माण भएका संरचनाहरु कमजोर हुने भएकाले स्थानीय चिन्तित छन्। अहिले बर्दिया जिल्लामा धमाधम बिकाश निर्माणका कामहरु भईरहेका छन् । सहरी सघन बिकाश अन्र्तर्गतको पक्की नाली निर्माणमा समेत यसैकंपनीको सिमेन्ट प्रयोग भएको पाईएको छ । यस्ले गर्दा निर्माण भएका भौतिक संरचनाहरुको गुणस्तर माथीनै प्रश्न चिन्ह खडा भएको छ । जिल्ला प्रशासनको यसकदमदाई बर्दियाका स्थानियले स्वागत गरेका छन् । गुणस्तर हिन सिमेन्टले निर्माण भएका संरचनाले व्यक्तीलाई त असर पार्नैनै भयो यस्बाट निर्माण भएका बिकाश निर्माणका कामले राज्यको लगानीनै वालुवामा पानी सरह हुने भएकाले यस्ता गुणस्तरहिन कंम्पनीलाई कडाभन्दा कडा कारवाही गर्न सरकार समक्ष माग याहको स्थानीयको रहेको छ ।
    प्रशासनले विहिवारबाटै बर्दियामा सगरमाथा ओपिसी सिमेन्टको बिक्रि वितरणका लागि रोक लगाउन पत्राचार समेत गरिसकेको छ

     

     

  • २० श्रावण २०७५, आईतवार १६:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित