डा.गोविन्द केसीले १५औँ अनशन अन्त्य गर्ने क्रममा सरकारसँग भएको ९ बुँदे सहमतिमाथि छलछाम भए कडा विरोधमा उत्रिने बताएका छन् ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सहमति भएका बुँदाहरुलाई कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भनेका छन्, ‘छलछाम भएको खण्डमा कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन हामी बाध्य हुनेछौँ तर सरकारले त्यो अवस्था आउन दिने छैन र अब कुनै वहाना वा ढिलाइ नगरी शीघ्र संसदबाट सो ऐन जारी हुनेछ भन्नेमा हामी विश्वस्त छौँ । ’