मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आगामि बर्षमा बिपत व्यवस्थापनका लागि हिँउदबाटै शुरु गरिने —प्रदेश ५ का मन्त्री कुलबादुर के.सी.
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,साउन,२३। बर्षा लागेसंगै विपत व्यवस्थापनका लागि सक्रिय हुने परम्परालाई तोडिने प्रदेश नम्वर —५का आर्थिक मामिला तथा कानून मंन्त्री कुल बहादुर के.सी.ले वताएका छन् । प्रदेश नम्वर ५ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिपत व्यवस्थापनका लागि उद्धार सामाग्री बर्दियाको दैबि प्रकोप उद्धार समितीलाई हस्तान्तरण गर्नै क्रममा मन्त्री केसीले वुधवार यस्तो जानकारी गराएका हुन्। आगामी वर्षबाट बिपत व्यवस्थापनका लागि हिँउदबाटनै शुरुवात हुने गरि प्रदेश सरकार चौमासिक एजेण्डाका साथ अगाडी बढ्ने समेत उनले प्रतिवद्धता गरेका छन् । बाढीप्रकोपका लागि बर्दिया अत्यन्त जोखिम भएका कारण दुईवटा फाईवर प्याडल वोट समेत गरि उद्धारका लागि आवश्यक पर्नै २१ किसिमका सामाग्री जिल्ला दैवि प्रकोप उद्दार समितीका अध्यक्ष तथा बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ्गलाई हस्तान्तरण गरिएको हो । २०७५ साल साउन ४ गतेको निर्णय अनुसार बिपत व्यवस्थापनका लागि आवश्यक उद्धार समाग्री वितरण गरिएको प्रदेश नम्वर —५का सचिव डा.मान बहादुर बिकेले वताए । बर्दियामा डुवान क्षेत्र बढी भएका कारण मूख्य रुपमा प्याडल बोट समेत उपलव्ध गराईएको सचिव बिकेले वताएका छन् ।बाढीका दृष्टिकोणले बर्दिया जिल्ला उच्च जोखिममा रहेको अवस्थामा प्रदेश सरकार बाट उपलव्ध भएका उद्धार सामाग्रीबाट विपत जोखिम कमगर्न आफूलागि पर्नै दैबि प्रकोप उद्दार समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गवाङ्गले वताए ।

  • २३ श्रावण २०७५, बुधबार १३:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित