मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शान्ति समाज दाङको सभापतीमा पत्रकार शरद रेग्मी निर्वाचित
  • मार्गरेखा संवाददाता

  •  


    तुलसीपुर साउन २६,/ मानव अधिकार तथा शान्ति समाजको ११ औं जिल्ला अधिवेशनवाट शरद रेग्मी निर्विरोध निवाचित हुनु भएको छ । शनिवार दाङको तुलसीपुरमा सम्पन्न ११ औं अधिवेशन एवम २१ औं साधारण सभावाट आगामी २ वर्षका लागि रेग्मी निर्विरोध निवाचित हुनु भएको हो । शान्ति समाज दाङ शाखामा विगत १३ वर्ष देखी निरन्तर कृयासिल रहनु भएका रेग्मी रिपोर्टर्स क्लव दाङको अध्यक्ष एवम रेडियो सञ्जिवनीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ ।
    अधिवेशनले शाखाको उपसभापतीमा तुलसीपुराम सुनार,सचिवमा निर्मला डि.सी,कोषध्यक्षमा अमृत काजी शर्मा र सहसचिवमा उषा गौतमलाइ्र्र सर्व सम्मत निर्वाचित हुनुभएको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले जानकारी दिनु भयो ।
    त्यसै गरी सदस्यहरुमा कमल डाँगी, सम्झना डाँगी, भिमलाल मरासीनी, माधव वस्नेत, निर्मल खड्का,रोशण गिरी, लाई चयन गरिएको छ भने आजै वसेको कार्य समितिको पहिलो वैठकवाट लिलामणी चौधरी,सन्दीपन रिजाल, तिलसरा पुन, अरविन्द चौधरी लाई सदस्यमा मनोनित गरिएको सचिव निर्मला डि.सी ले जानकारी दिनु भयो ।
    त्यसै गरी वैठकले संस्थाको सल्लाहकारमा प्रमोद न्यौपाने र लिलाध्वज वस्नेतलाई चयन गरेको छ । साथै पहिलो वैठकले ११ औं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सवै तह र तप्कालाई धन्यवाद ज्ञापन गरेको छ ।
    यस अघि सम्पन्न शान्ति समाजको उद्घाटन सत्रमा वोल्दै प्रदेश सभा सदस्य डिल्ली वहादुर चौधरीले मानवध अधिकारको संरक्षण र प्रवर्धनका लागि प्रदेश सरकारले भुमीका खेल्ने वताउनु भएको छ । उहाँले प्रत्येक नागरिकको मानव अधिकारको रक्षका लागि विभिन्न अधिकारकर्मी संघ सस्थाहरुको समन्वयमा आफुले अध्ययन गरिसकेको भन्दै सवैको हक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार गम्भीर रहेको वताउनु भयो । शान्ति समाज दाङका सभापती सुरेश हमालको अध्यक्षतमा भएको उद्घाटन सत्रमा वोल्दै केन्द्रिय प्रतिनिधीको रुपमा सहभागी विशिष्ठ अतिथी सुशिल वस्नेतले समाजमा हुने हरेक घटनाक्रमलाई शान्ति समाजले शक्ष्म रुपमा अध्यन गरिरहेको वताउनु भयो ।
    उहाँले आफ्नो अधिकार प्र्राप्तीका लागि अरुको मानव अधिकार हनन हुन नदिने तर्फ सवै सचेत रहनु पर्ने भन्दै जिल्लाको मानव अधिकारका वारेमा चर्चा गर्नु भएको थियो । त्यसै गरी कार्यक्रममा विशिष्ठ अतिथी प्रद्रेश प्रहरी प्रमख डिआइजी शेर वहादुर वस्नेत नेपाल प्रहरी मानव अधिकारको रक्षाका लागि कसै संग पनी सम्झौता नगर्ने वताउनु भयो । उहाँले मानव अधिकर रक्षा र विकासका लागि प्रहरी प्रधान कार्यालय सचेत रहदै विभिन्न गोष्ठी तथा तालिमहरु समेत संचालन गर्न आइरहेको समेत वताउनु भयो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत निवर्तमान अध्यक्ष विमल रिजाल वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछानेले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसै गरी कार्यक्रममा केन्द्रिय शिक्षा विवाग संयोजक निर्मल नेपाली,संस्थापक सभापती डिल्लीराज धिताल, एनप्यावसनका वरिष्ठ उपाध्यक्ष विमल गौतम, रोटरी क्लवका महासचिव विनिल के.सी, नेवार समाजका अध्यक्ष नरेश राज भन्डारी, महिला मानव अधिकारकर्मी शुस्मा गिरी, रेडक्रस दाङका सभापती नारायण शर्मा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपसभाती तुलसीराम सुनार ले गर्नु भएको थियो । ११ औं अधिवेशन लाई निर्विरोध निर्वाचित गराउनको लागि निवर्तमान सभापती सुरेश हमाल, पूर्व सभापतीहरु तेज वहादुर कार्की, निर्मल नेपाली, सुरेश श्रेष्ठ सल्लाहकार प्रमोद न्यौपानेले विषेश भुमीका खेल्नु भएको थियो ।

     

  • २६ श्रावण २०७५, शनिबार १८:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित