मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारत पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन
  • मार्गरेखा संवाददाता

  • भारत पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको  निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ९३ वर्षको उमेरमा निधन भएको हो ।

    सन् १९२४ डिसेम्बर २५ तारिखमा जन्मिएका उनको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएपछि श्रद्धाञ्जली दिन अस्पताल परिसरमा विशिष्ठ ब्यक्तिहरुको भिड लागेको छ ।

    तीन पटक प्रधानमन्त्री बनेका उनी पछिल्लो पटक दुई महिनादेखि एम्समा उपचाररत थिए, उनी ९ वर्षदेखि बिरामी थिए । उनलाई पिशाव नलीमा संक्रमण भएपछि ११ जुनमा एम्समा भर्ना गरिएको थियो ।

    पछिल्लो पटक उनको केबल एउटा मात्रै मृगौलाले काम गरिरहेको थियो । ३० वर्षदेखि निजी चिकित्सक रहेका डा. रणदीप गुलेरियाको रेखदेखमा एम्समा उनको उपचार भइरहेको थियो ।

    बुधवार राति एम्सले मेडिकल बुलेटिन निकाल्दै अटलको स्वास्थ्य पछिल्लो २४ घण्टामा धेरै बिग्रिएको जनाएको थियो । त्यसपछि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’ मा राखिएको थियो । बिहीबार बिहान जारी बुलेटिनमाएम्सले अटलको स्थितिमा कुनै सुधार नभएको जनाएको थियो ।

    अटल बिहारी वाजपेयी देशको सक्रिय राजनीतिमा पाँच दशक भन्दा धेरै समय सक्रिय रहे । उनी देशको पहिलो गैरकांग्रेसी प्रधानमन्त्री थिए । उनले आफ्नो पहिलो लोकसभा चुनाव १९५२ मा लडेका थिए । तर उनले जित भने १९५७ मा निकाले । त्यो बेलादेखि सन् २००९ सम्म उनी लगातार संसदीय राजनीतिमा सक्रिय रहे । सन् १९७७ मा उनी पहिलो पटक मन्त्री भए । त्यसपछी सन् १९९६ मा उनी १३ दिनका लागि प्रधानमन्त्री बने ।

    सन् १९९८ मा फेरि उनलाई प्रम बन्ने मौका मिल्यो । त्यो बेला उनको सरकार केबल १३ महिना टिक्यो । त्यसपछी भएको लोकसभा चुनावमाएनडीए गठबन्धनको बहुमत सरकार बन्यो र वाजपेयीले प्रमका रुपमा आफ्नो कार्यकाल पूरा गरे । उनी सन् १९९१, १९९६, १९९८, १९९९ र २००४ मा लखनउबाट लगातार लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।

  • ३१ श्रावण २०७५, बिहीबार २०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित