साविक नेकपा एमाले बाँकेले नेकपाको जिल्ला कमिटी गठनका लागि कार्यदलले गरेको सिफारिस पुर्वाग्रह भएको भन्दै मान्य नहुने निर्णय गरेको छ । बैठकपछि उपाध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री र उपसचिव प्रमोद धितालले पार्टीको विधान र पद्धती, परम्परा विपरित पार्टी कमिटीसँग कुनैपनि छलफल वा परामर्श नगरी मनोगत, आत्मकेन्द्रित र गुटगत मानसिकताबाट प्रेरित भएर प्रदेश ५ को कार्यदलले बुझाएको पुर्वाग्रही प्रतिवेदन मान्य नहुने जानकारी सहितको ध्यानाकर्षणपत्र आइतबार केन्द्रीय कार्यालयमा दर्ता गराएका छन् ।
गुटगत आधारमा जिल्ला कमिटीलाई बाइपास गरिएको भन्दै स्थानीय तहका कमिटीको समेत अनौपचारिक बैठक बस्ने तयारी गरिएको नेताहरुले जनाएका छन् ।